(नरेन्द्र ढकाल)
बिर्तामोड ।

सडकलाई फराकिलो पार्दै बजारलाई ब्यवस्थित गर्ने उद्धेश्यका साथ झापाको बिर्तामोड नगरपालिकाको सडक विस्तार सुरु गरिएको छ । मेची अञ्चलकै प्रमुख ब्यपारिक केन्द्रको रुपमा विकास भएको बिर्तामोडको सडक साँघुरो हुँदा आवतजावतमा समस्या हुने गरेको थियो ।

वर्षौदेखि सडक विस्तार गर्दै बजारलाई बयवस्थि तगर्ने प्रयास गरिएपनि सफल हुन सकेको थिए । स्थानीय निकायको निर्वाचन लगत्तै निर्वाचित भएका जनप्रतिनीधिले विकास र समृद्धिका काम गर्ने बताएका थिए । सोही अन्र्तगत बिर्तामोडको सडकलाई विस्तार गर्दै बजारलाई ब्यवस्थि तगर्ने काम सुरु भएको बिर्तामोड नगरपालिकाका मेयर ध्रुवकुमार शिवाकोटीले बताए ।
सडक विभाग अन्र्तगत सडक डिभिजन कार्यालय दमकले बिर्तामोडका सडक विस्तारलाई शुक्रबारबाट निरन्तरता दिएको छ । विर्तामोड नगरपालिका अन्र्तगत भद्रपुर रोडमा सडक विस्तार सुरु गरिएको हो । सडकलाई ८२ फिट क्लियर गर्ने उद्धेश्यका साथ विस्तार सुरु गरिएको नगर प्रमुख शिवाकोटीले जानकारी दिए ।
उनले सडक क्षेत्र भित्र रहेका संरचनाहरु हटाएर सडक विस्तार अभियानलाई सहयोग गरिदिन सबैसंग आग्रह समेत गरेका छन् ।

बिर्तामोडको सडक विस्तारलाई सबैले साथ दिएको र यो अभियानलाई एउटा सार्थक रुपमा टुङगोमा पु¥याउने बिर्तामोड नगरपालिका वडा नं.–४ का वडाध्यक्ष कुलप्रसाद संगौलाले बताए ।
उनले सडक विस्तारले सर्वसाधारण नागरिक, ब्यवसायी, सवारी चाकल लगायत सबै उत्साहित भएको बताए । उनले सडकबाट निकालिएका माटोलाई पूर्व–पश्चिम राजमार्ग अन्र्तगतको विभिन्न स्थानका खाल्डोमा लगेर राख्ने बताए । उनले सरवारी पार्किङलाई त्यस स्थानमा ब्यवस्थापन गर्ने तयारी रहेको बताए । उनले सडक क्षेत्र भित्रका विद्युत पोल, टेलिकमका पोल तथा खानेपानीका पाइपहरुलाई ब्यवस्थित गरेर सार्नका लागी आग्रह गरेको र यो विषयमा आज (शनिबार) थप छलफल गर्ने वडाध्यक्ष संगौंलाले बताए ।
सडक विस्तार अभियान सके लगत्तै विर्तामोडमा वृक्षारोपण अभियान सुरु गर्ने बताउदैं उनले भने– बिर्तामोडमा अहिले एउटा पनि रुख छैन् । म वातावरण तथा विपद् ब्यवस्थापनको संयोजक हुँ यो विषयमा सबैपक्षसंग छलफल गरेर निर्णय गर्नेछु ।
वडाध्यक्ष संगौलाले साउन–१ गतेबाट जिम्मेवारी सम्हाले लगत्तै विर्तामोडलाई कसरी शान्त, समृद्ध र विकसित शहरको रुपमा विकास गर्न सकिन्छ भन्ने धेयका साथ लागेको उल्लेख गरे । चाड पर्वको समयमा ब्यवसायीकै आग्रहमा रोकिएको सडक विस्तारलाई अब द्रुत रुपमा लैजाने जानकारी दिएका छन् ।
यातायातका कारण हैरानी–
मेची यातायात कार्यालयले रुटपरमिट दिदाँ ख्याल नपु¥याउदा ट्राफिक प्रहरीले हैरानी ब्यर्होनी परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक राजेश राईले बताए ।
यातायात कार्यालयले झापामा सञ्चालनमा रहेका सिटी सफारी र टेम्पोलाई जिल्लाभर सञ्चालनका लागी रुटपरमिट दिएका कारण गाँउ–गाँउबाट खरिद गरिएका सवारी बिर्तामोडमा आउने गरेका कारण ट्राफिक प्रहरीलाई सवारी ब्यवस्थापनमा समस्या हुने गरेको प्रहरी निरीक्षक राईले जानकारी दिए ।
उनले भने–जुन ठाँउको मानिसले सवारी खरिद गरेको हो त्यसलाई सोही क्षेत्रको मात्र रुट परमिट दिएको भए । यो अवस्था आउने दिएन् तर यातायातको कमजोरीका कारण सबै सिटी र टेम्पो बिर्तामोडमा थुप्रिएका छन् ।
उनले बिर्तामोड नगरपालिकामा मात्रै करिब १५ सण्का हाराहारीमा टेम्पो र सिटी सफारी सञ्चालनमा रहेको उल्लेख गरे । आवश्यकता भन्दा अधिक सवारी भएका कारण पनि सवारी दुर्घटनाको जोखिम बढ्दै गएको जनाइएको छ ।
सडक विस्तारको प्रशंसा–
बिर्तामोडको सडकलाई फराकिलो पार्ने अभियानलाई सर्वसाधारणले प्रशंसा गरेका छन् । बिर्तामोड नगरपालिका–२ का नविन अधिकारीले पूर्व–पश्चिमसंगै सदरमुकाम चनद्रगढी जोड्ने सडकलाई थालिएको विस्तार अभियान सकारात्मक भएको भन्दै जनप्रतिनीधिले राम्रो काम थालेको बताएका छन् ।
उनले बिर्तामोडको मुक्तिचोक आसपासको क्षेत्र ज्यादै साँघरो भएको छ । अब्यवस्थित सवारी पार्किङ, फुटपाथ, सडक किनारमा राखिएका निर्माण सामग्री लगायतका कारण पैदलयात्रीलाई हिडडुलमा समस्या भएको र सडक विस्थाले सबैमा उत्साह थपेको प्रतिक्रिया दिए । त्यसै बिर्तामोड–४ की उमा पौडेलले बाटो विस्तार गर्नु राम्रो काम भएको बताइन् ।
उनले सडक फराकिलो पार्ने काममा सबै ब्यवसायी तथा स्थानीयबासीले सहयोग गर्नुपर्ने विचार ब्यक्त गरिन् । साथै बाटो विस्तार सुरु गरेपछि टुङगोमा पु¥याउन जनप्रतिनीधिसंग आग्रह समेत गरेकी छन् ।

