Aamsanchar

फाल्गुनन्द गोल्डकपमा पेनाल्टी सुटआउटमा झापा विजयी

Author Image
शनिवार, पौष ८, २०७४

पाँचथर, 

पाँचथरको फिदिममा जारी नवांै रुसलान फाल्गुनन्द गोल्डक फुटबल प्रतियोगिताको आजको खेलमा बिर्तामोड युनाइटेड झापा विजयी भएको छ ।

मिसन यूनाइटेड क्लब ताप्लेजुङ र बिर्तामोड युनाइटेड झापाबीच भएको आजको खेलमा निर्धारित समयमा दुवै टिमबाट १–१ गोल मात्रै भएपछि पेनाल्टी सुटआउटमार्फत झापाले मिसन युनाइटेड क्लब ताप्लेजुङलाई ४–२ गोलअन्तरमा पराजित गरेको हो ।

पहिलो हाफको चौथो मिनेटमै झापाको तर्फबाट आशिष चापागाईले गोल गरेका थिए । जवाफमा ताप्लेजुङका विकेश लिम्बूले पहिलो हाफको १३ आँै मिनेटमा जवाफी एक गोल फर्काई खेल बराबरी बनाएका थिए ।

त्यसपछि दुवै टिमबाट गोल हुन नसकेपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । प्रतियोगिताअन्तर्गत आइतबार सुनसरी ११ र सशस्त्र प्रहरीको एपिएफ क्लबबीच प्रतिस्पर्धा हुने आयोजक फिदिम स्पोटिङ क्लबका अध्यक्ष विमल श्रेष्ठले बताउनुभयो ।

प्रतियोगिताको विजेताले रु तीन लाख र उपविजेताले रु दुई लाख हात पार्नेछन् । यही पुस १६ गतेसम्म हुने प्रतियोगितामा एपिएफ क्लब काठमाडौँ, युकेफसी दार्जिलिङ, अग्नि रुपन्देही ११, बिर्तामोड युनाइटेड झापा, मिसन युनाइटेड क्लब ताप्लेजुङ, आयोजक फिदिम स्पोर्टिङ क्लब, त्रिभुवन आर्मी क्लब र मोरङ ११ गरी १० टोली सहभगी छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 153

प्रतिक्रिया (०)

सम्बन्धित खबर