धरान,

सुनसरी र उदयपुरबाट प्रहरी लागूऔषध सहित आठ जनालाई पक्राउ गरेको छ ।

सुनसरीको धरानमा लागूपदार्थ ब्राउन सुगरसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौंका छितिज श्रेष्ठ, धरानका दिनेश श्रेष्ठ र उज्वल हलुवाइ रहेको प्रहरीले जनाएको छ ।

गएराति पक्राउ परेका उनीहरुको साथबाट प्रहरीले २५ मिलग्राम ब्राउन सुगर बरामद गरेको जनाएको छ । यसैगरी उदयपुरको त्रियुगा नगरपालिका ३ बाट प्रहरीले लागूऔषधिसहित ५ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा स्थनीय मिथुन चौधरी, ओमप्रकाश चौधरी, दिवस लोहनी, राकेश रोक्का र उपेन्द्र साह छन् । उनीहरुको साथबाट नाइट्रोसन, डाइजेल्यापलगायत लागूऔषधि बरामद गरिएको प्रहरीले जनाएको छ ।
Views: 136

