काठमाडौं,
नेपाल विद्युत प्राधिकरणले बिहान र बेलुका बढी बिजुली खपत गर्ने उपकरण सकेसम्म कम प्रयोग गर्न आग्रह गरेको छ । अहिले खोलानालामा पानीको बहाव कम रहेकाले विद्युत उत्पादनमा कमी आएको भन्दै प्राधिकरणले बिहान र बेलुकाको समयमा बिजुली खपत गर्दा ध्यान दिन आग्रह गरेको हो ।
देशलाई नै लोडसेडिङ मुक्त बनाउने अभियानमा सरकार रहेको भन्दै प्राधिकरणले विद्युतको उच्च माग हुने बिहान ६ देखि ९ बजेसम्म तथा बेलुका ५ देखि ९ बजेसम्म विद्युत उच्च खपत हुने उपकरण नचलाउन आग्रह गरेको हो ।
प्राधिकरणले सार्वजनिक सूचना निकालेर हिटर, ओभन, राईसकुकर, आइरन, एयर कण्डिस्नर, पम्प जस्ता उपकरण, बढी क्षमताका बत्ती कम प्रयोग गर्न आग्रह गरेको हो । प्राधिकरणले उत्पादन नबढेको तर ग्राहकको माग बढेको जानकारी दिंदै विजुली व्यवस्थापन गर्न प्रयासरत रहेको पनि बताएको छ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 153