Aamsanchar

अध्यक्ष लोहनीद्वारा राजनीतिक प्रतिवेदन प्रस्तुत

Author Image
सोमवार, पौष १०, २०७४

काठमाडौँ, 

एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) को आजबाट शुरु भएको उच्चस्तरीय केन्द्रीय कार्य सम्पादन समितिको बैठकमा अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुभएको छ ।

केन्द्रीय कार्यालयमा शुरु भएको उक्त बैठकमा अध्यक्ष लोहनीले प्रस्तुत गरेको प्रतिवेदनमा पार्टीको वैचारिक दृष्टिकोणलाई कायम राख्दै अब पार्टीले देशभर संगठन सुदृढीकरणमा निर्वाह गर्नुपर्ने भूमिकाबारे उल्लेख गरिएको छ ।

समितिका पदाधिकारी तथा सदस्यले अध्यक्षको प्रतिवेदनमा धारणा राख्ने कार्य जारी रहेकाले बैठक भोलिसम्मका लागि स्थगित भएको छ । भोलि बिहान ८ बजे सोही स्थानमा पुनः बैठक बस्ने बताइएको छ ।

१७ सदस्यीय सो समितिका अधिकाँश सदस्यले मुलुकमा विकास भएको राजनीतिक अवस्था, पार्टीले चुनावमा व्यहोर्नु परेको पराजयबारे समीक्षा गर्ने, धारणा राख्ने र भावी रणनीति तय गर्ने योजना रहेको केन्द्रीय सदस्य सुन्दर पाण्डेले जानकारी दिनुभयो ।

Views: 137

प्रतिक्रिया (०)

सम्बन्धित खबर