Aamsanchar

नेपालीबीच आपसी सद्भाव र भ्रातृत्व कायम हुने अपेक्षा

Author Image
सोमवार, पौष १०, २०७४

काठमाडौँ,

उपराष्ट्रपति नन्दबहादुर पुनले क्रिसमस डेका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण इसाई धर्मावलम्बी नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि सुस्वास्थ्य, दीर्घायु एवम् उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको छ ।

आज शुभकामना सन्देश दिँदै उहाँले धार्मिक एवम् सांस्कृतिक चाडपर्वले सामाजिक एकता, सद्भाव र धार्मिक सहिष्णुता कायम राखी राष्ट्रिय एकतालाई अझै मजबूत बनाउन महत्वपूर्ण योगदान दिँदै आएको बताउँदै यस पर्वले सम्पूर्ण नेपालीबीच आपसी सद्भाव, सामाजिक एकता र भ्रातृत्व कायम गर्ने अपेक्षा लिएको उल्लेख गर्नुभएको छ ।

Views: 126

प्रतिक्रिया (०)