Aamsanchar

खोटाङमा गोल्डेन चक्रपथ निर्माण सुरु

Author Image
सोमवार, पौष १०, २०७४

खोटाङ,

खोटाङको रुपाकोट मझुवागढी नगरपालिका–८, दोर्पाचिउरीडाँडामा गोल्डेन चक्रपथ निर्माण सुरु गरिएको छ ।

साविकको नौ वडालाई सडकका माध्यमबाट एउटै मालामा उन्ने लक्ष्यकासाथ वडा कार्यालयले गोल्डेन चक्रपथ निर्माण सुरु गरेको हो । बुवासुङको दायाँबाट बायाँतर्फ घुम्ने २२ किलोमिटर सडक दोर्पाचिउरीडाँडाको सिंगाने–लामीडाँडा–दुधिले–खावाडाँडा–नास्तुम–खिरिम्तुमछाप–कामीडाँडा–दोबेला–ढल्केबर–पञ्चमी हुँदै पुनः बुवासुङमा आइपुग्ने वडाअध्यक्ष लिला चौहानले बताउनुभयो ।

वडा कार्यालयको १५ लाख, रुपाकोट मझुवागढी नगरपालिकाको समपुरक कोषको १५ लाख र उपभोक्ताको ३ लाख ६४ हजार बराबरको श्रमदानमा कृषि सडक नाम दिइएको चक्रपथको ट्र्याक निर्माण सुरु गरिएको हो ।

वडाका हरेक गाउँमा उत्पादन हुने कृषि उपजलाई सहजरुपमा संकलन गर्दै बजारसम्म पु¥याउने बाटोका लागि गोल्डेन चक्रपथ निर्माण सुरु गरिएको वडाध्यक्ष चौहानले बताउनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 133

प्रतिक्रिया (०)

सम्बन्धित खबर