मोरङ ।

मोरङको विराटनगर स्थित होटल तथा लजमा प्रहरीले यौनजन्य क्रियाकलापमा संलग्न दुई जोडीलाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले रानी क्षेत्रमा संचालित होटल, लज तथा रेष्टुरेन्टको चेकजाच गर्ने क्रममा दुई युवती र दुई युवकलाई पक्राउ गरेको हो ।

उनीहरुलाई यौनजन्य क्रियाकलापमा संलग्न भएको आरोपमा प्रहरीले पक्राउ गरेको जनाइएको छ । पक्राउ परेका चारै जनालाई केही सार्वजनिक अपराधमा मुद्दा दर्ता गरी म्याद थप भई अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय रानीले जनाएको छ।

Views: 366

