विराटनगर ।
मोरङमा एक वर्षको अबधिमा ४३ जना बालिका बलात्कृत भएका छन् । जिल्लामा ५६ वटा बलात्कारका घटना भएकोमा ४३ जना बालिका रहेको अनौपचारिक क्षेत्र सेवा केन्द्र ईन्सेकले सार्बजनिक गरेको तथ्यांकमा उल्लेख गरिएको छ ।
नेपाल मानव अधिकार वर्ष पुस्तक २०१८ को वार्षिक पूर्व समीक्षा कार्यक्रममा ईन्सेकले सन् २०१६ को जनवरीदेखि डिसेम्बरसम्मको तथ्यांक सार्वजनिक गर्दै बालात्कारको घटना भयावह रहेको जनाएको हो । ईन्सेक मोरङका प्रतिनिधि ईन्दिरा भट्टराईले बलात्कारको घटना पछि दोश्रो बढी घटना हुनेमा बलात्कारको प्रयास रहेको जानकारी दिनुभयो । बलात्कार प्रयासमा २१ वटा घटना भएका छन् । त्यस्तै घरेलु हिंसामा २१ वटा घटना भएका छन् ।
ईन्सेकका क्षेत्रीय संयोजक सोमराज थापाका अनुसार अहिले सन् २०१६ भित्र १० प्रकृतिका एक सय २४ वटा घटना भएका छन् । जसबाट एक सय ३० जना पीडित भएका हुन् ।
एक वर्ष भित्रमा ४ जनाको हत्या भएको, कुटपिटका ३, बहुविवाह १३, मानव बेच बिखन २, हत्या प्रयास र दुर्व्यवहारका एकरएक वटा घटना भएका छन् । छलफलमा बालबालिकाका अधिकारका विषयहरु अझै मानव अधिकार वर्ष पुस्तकले समेट्न नसकेको सहभागीले बताएका हुन् । उज्यालोबाट