Aamsanchar

यस्ता काम गर्दा रहेछन् युवा नेता गजेन्द्र

Author Image
बिहिवार, पौष १३, २०७४

झापा,

उमेरले २८ वर्षमा हिड्दै गरेका यी राजनैतिक र सामाजिक क्षेत्रका अभियान्ता झापा अर्जुनधारा २ निवासी गजेन्द्र खनाल । गजेन्द्र खनाल राजनैतिक र शैक्षिक क्षेत्रमा समेत झापा जिल्लामा चिरपरिचित नाम हो । झापा र इलामका विभिन्न विद्यालयमा अध्ययन गराइसकेका उनी युवा संघ प्रदेश सदस्यको जिम्मेवारी समेत छन् । शैक्षिक र राजनैतिक गतिविधिमा समेत संक्रिय रहदै उदयमान युवाको रुपमा आफूलाई स्थापित गर्ने सफल भएका छन् ।

राजनैतिक क्षेत्रमा शैक्षिक जनशक्ति उत्पादन आवश्यक छ भन्ने बुझाई छ उनको । त्यसैले राजनैतिकलाई पार्ट टाइम्म दिदै शिक्षा क्षेत्रमा नयाँपनबाट गुणस्तरीय शिक्षा गाँउबस्तीमा पँहुच पुयाउन खुदुनाबारीमा गजुरमुखी बुआइज एण्ड गर्लस होस्टेल सुरुवात गदै निरन्तर क्रियाशील रहदै आएका छन् । उनी भन्छन् समाज परिवर्तन गर्ने ठूला भाषण गरेर मात्र हुँदैन । नेतृत्व पंक्तिलाइ गालीगलौज मात्र गर्नु भन्दा आफूले सक्ने काम गर्दा समाज रुपान्तरणको लागि सानातिनो सहयोग नै पुग्छ । पार्टीले मेरा लागि गरेन भन्दा पनि आफूले के गर्ने सकिन्छ,त्यो अहिलेका युवा पुस्ताले सोच्नुपर्छ भन्छन् आफूले आर्जन गरेको सीप,कला,शिक्षा,दिक्षालाई यही माटोमा सुगन्ध छर्नुपर्छ ।

मैले गरीब तथा जेहेन्दार विद्यार्थीका लागि निशुल्क अध्ययन गराउँदै आएका छु । राजनैतिकमा पूरापूराका संक्रिय समय दिएर लाग्नेबिच प्रतिस्पर्धा भैइरहेको छ । तर उनले राजनैतिक समय प्रदान गदै ग्रामीण क्षेत्रमा होस्टेल संञ्चालन गरेर नेपाली शैक्षिक क्षेत्रको उन्यन र विकासमा निरन्तर टेवा पु¥याउँदै आएका छन् ।

कलेजमा अध्ययन गदै देखि नि मलाई नेकपा एमालेप्रतिको राजनैतिकले तान्यौ । २०६२ सालदेखि केन्द्रिय विज्ञान तथा प्रविधि क्यापस धरानमा पढ्दापढ्दै राजनैतिक अनेरास्वयुबाट प्रारम्भ भएको हो । नेकपा एमालेमा राजनितिक स्पष्टता र मुलुक परिवर्तन गर्ने दूरदृष्टि पूर्णरुपमा आर्थिक,सामाजिक रुपान्तरणका लागि उनीको ठम्याई छ । राजनैतिक नयाँ कोषमा लैजान शैक्षिक क्षेत्रलाई माथि उठाउनु पर्छ भन्ने सोच,विचारले इलाम स्थित नेपालटारको ग्रिन हिल एकेडेमी,बिबि ममोरियल अग्रेजी स्कुल,खुदुनाबारीको प्रतिभा नमूना मा.वि. मा मैले करिब एकदशक पढाए ।

जसले गर्दा मलाई समाजको चरित्रको बारेमा गहिरो अध्ययन गर्ने मौका मिल्यो । उनी राजनैतिक क्षेत्रका अलावा शैक्षिक उन्यन र विकासका लागि ग्रामीण क्षेत्रमा एउटा उदाहरणीय बनेका छन् । फुर्सदको समय गरीब तथा जेहन्दार विद्यार्थीलाई सहयोग पु¥याउने उदेश्यले टयुसन समेत पढाउँदै आएको छु । गाँउबस्तीमा आँखाको नानी भएर काम गर्न रुचाउने खनाल अहिले नवजीवन फार्मेसी अर्जुनधारा–३ मा स्थापना गदै सो फार्मेसीको संञ्चालक समेत हुन् । उनले भने स्वास्थ्य क्षेत्रमा भएको ठगीलाई अन्त्य गर्ने सोचले गाँउबस्तीमा सेवा दिने उदेश्यले संञ्चालन गरिएको बताए । खनाललाई उनकी श्रीमती उर्मीलाले समेत सामाजिक काममा निरन्तर सहयोग गदै आएकी छिन् ।

नेकपा एमालको विभिन्न भातृ संगठनमा काम गदै आफनो नेतृत्व विकास गरेका खनाल गुट,उपगुटको गर्नुहुदैन भन्ने बारेमा स्पष्ट धारणा रहेको छ । उनी भन्छन् संगठनमा त्याग,तपश्या,लगानी र क्षमताको आधारमा नेता समय क्रमले आफै बनाउँदै लैजान्छ भन्छन् । मुलुकको परिवर्तनकारी आन्दोलनमा युवाहरुको विशेष भूमिका पाइन्छ । उनी भन्छन् तर नेतृत्व दिई समाजको रुपान्तरण र विकासमा सरिक गराउँदै युवा पुस्ता अगाडि बढाएमात्र नेपाली जनताले चाहेका इच्छा,आकांक्षा पूरा हुने थिए ।

शनिश्चरे बहुमुखी अनेरास्वयु प्रारम्भिक कमिटिको अध्यक्ष,युवा संघ नेपाल खुदुनाबारीको अध्यक्ष,तत्कालिन क्षेत्र न–४ को क्षेत्रीय अध्यक्ष,युवा संघ नेपाल मेची अञ्चल सचिवालय सदस्य, समालिसकेका छन् भने अर्जुनधारा–२ को नेकपा एमालेको वडा कमिटि सदस्य समेत रहेका छन् । बहुमुखी प्रतिभाका धनी खनालले विद्यालयको अध्यापनको काम छाडिसकेका छन् । आगामी दिनमा पूर्णकालिन जनताको सेवक भएर राजनैतिक काममा अग्रसर हुने सोचाइ रहेको उनले सुनाए । सकरात्मक सोच,विचार सिर्जना गर्ने उनको यो प्रयासको सफलताको कामना गर्दछौं ।

Views: 192

प्रतिक्रिया (०)

सम्बन्धित खबर