Aamsanchar

दमकमा चीनको लगानीमा औद्योगिक उद्यान बन्दै

Author Image
बिहिवार, पौष १३, २०७४

दमक,

झापाको दमकमा निर्माण हुने भनिएको औद्योगिक क्षेत्रको चीनको ल्हासास्थित आर्थिक तथा प्राविधिक विकास क्षेत्रका अधिकारीको एक टोलीले आज स्थलगत अवलोकन गरेको छ ।

औद्योगिक क्षेत्र अध्ययन गर्न आएको १२ सदस्यीय चिनियाँ टोलीले दिनभर औद्योगिक क्षेत्र स्थलगत अध्ययन गर्नाका साथै सरोकार भएकाहरुसँग अन्तरक्रियासमेत गरेको छ । ल्हासा आर्थिक तथा प्राविधिक विकास क्षेत्रको कार्यकारी समितिका उपसचिव लिउ रुपेङ नेतृत्वको अध्ययन टोलीले चीन नेपाल यइ इन्डस्ट्रियल पार्क निर्माणको समझदारीपत्रबारे स्थानीय सरोकार भएका पक्ष र नगरपालिकाका प्रतिनिधिसँग छलफल गरेको औद्योगिक उद्यानका अध्यक्ष गोविन्द थापाले जानकारी दिनुभयो ।

यसअघि बिहान टोलीलाई दमक नगरपालिकाले आयोजना गरेको स्वागत कार्यक्रममा लिउले दमकमा स्थापना हुने औद्योगिक क्षेत्रमार्फत नेपालको आर्थिक क्रान्तिलाई सघाउ पु¥याउन चीन सरकार इच्छुक रहेको बताउनुभयो ।

औद्योगिक क्षेत्र व्यवस्थापन लिका अध्यक्ष नन्दकिशोर बस्नेतले औद्योगिक क्षेत्र निर्माणले तीव्रता पाउने बताउनुभयो । नगरपालिकाका कार्यकारी अधिकृत युवराज दाहालले चीन सरकारले रु तीन खर्ब ३३ अर्बको लगानीमा औद्योगिक उद्यान बनाइदिनेसम्बन्धी सम्झौता यसअघि नै भइसकेको जानकारी दिनुभयो ।

Views: 306

प्रतिक्रिया (०)

सम्बन्धित खबर