[शान्तिराम बस्नेत]
शिवसताक्षी,

पुष्पलाल मेमोरियल इनर्जी को–अपरेटिभ लिमिटेडको चौथो साधारण सभा सम्पन्न भएको छ ।

दूधेस्थित संयुक्त भूपू सैनिक संघको कार्यालय परिसरमा सम्पन्न साधारण सभामा “सानो पुँजी ठूलो अवसर, राष्ट्र निर्माणमा” भन्ने नाराका साथ संस्थाको समग्र सदस्यहरुको आवश्यकतालाई परिचालन गरी उर्जा क्षेत्रका अन्य वैकल्पिक उपायहरु कृषि, जैविक, सौर्य इनर्जीहरुको पनि अध्ययन अनुसन्धान गरी कार्य सञ्चालन गर्ने अध्यक्षको प्रतिवेदनमा उल्लेख छ ।

अध्यक्षको प्रतिवेदनमा हाल संस्थाको कुल चुक्ता शेयर ३ करोड १९ लाख ६५ हजार रहेकोमा चुक्ता पूँजी मध्ये २ करोड ८ लाख ५० हजार रुपैंया अरुण काबेली पावर लिमिटेड (काबेली बी१) मा लगाइएको बताइएको छ । त्यसैगरी दोस्रो फेजमा सोलु खोला साहस उर्जा प्रालिमा ६० लाख लगानी गरिएको अध्यक्षको प्रतिवेदनमा उल्लेख छ । त्यस्तै २०७३÷७४ मा सुपर आँकु गोरक्ष हाइड्रोपावर लिमिटेडमा ५० लाख लगानी गरि हालसम्म ३ करोड १८ लाख ५० हजार रुपैंयाको आयव्यय साधारण सभाले अनुमोदन गरेको छ भने आर्थिक वर्ष २०७४÷७५ मा ५ करोड पु¥याउने लक्ष्य लिइएको छ ।

६ सय ६८ जना शेयर सदस्य रहेको उक्त संस्थाले मुख्यतयः जलविद्युत क्षेत्रमा लगानी गर्दै समृद्ध राष्ट्रको निर्माण र सदस्यहरुको आर्थिक वृद्धि गर्ने कार्यमा उल्लेखनीय भूमिका निर्वाह गर्दै आइरहेको छ ।
लिमिटेडका अध्यक्ष लालप्रसाद साँवा (लिम्बु)को अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथिमा गोरक्ष हाइड्रोपावर लिमिटेडका एम.डी. विश्व कडेल रहेका थिए । कार्यक्रममा झापा क्षेत्र नं. ४ अन्तर्गत प्रदेश क र ख का माननीय सभासदद्वय झलकसिंह दर्लामी र हीरा थापा, शिवसताक्षी नपाका मेयर चन्द्रकुमार शेर्मा, साहस हाइड्रोपावर लि.का निर्देशक महेन्द्र गिरी, ऋण तथा वचत जिल्ला सहकारी संघ झापाका अध्यक्ष घनश्याम अधिकारी, जिल्ला समन्वय समितिकी सदस्य जुनु मोहरा लगायतको आतिथ्य तथा मन्तव्य रहेको थियो ।
संस्थाका कार्यसमिति सदस्य लोकबहादुर रोक्काको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन कोषाध्यक्ष भीम लिवाङ्गले गरेका थिए ।

