Aamsanchar

इँटाले लागेर झापामा एक मजदुरको मृत्यु

Author Image
शुक्रवार, पौष १४, २०७४

झापा,

झापाको कमल गाउँपालिका- ५ को पाडाजुङ्गीमा इँटाले लागेर एक जनाको मृत्यु भएको छ।

सेफ्टी ट्यांकी बनाउने क्रममा इँटाले लागेर निर्माण कार्यमा संलग्न एक भारतीय नागरिकको मृत्यु भएको हो। स्थानीय हेमराज कार्कीको घरको सेफ्टीट्यांकी बनाउने क्रममा उनलाई इँटाले लागेको प्रहरीले जनाएको छ।

सख्त घाइते भारत घर भएका अन्दाजी ४५ वर्षका राजानन्द सरदारको उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षक मिलन बस्नेतले जानकारी दिए।

Views: 164

प्रतिक्रिया (०)

सम्बन्धित खबर