Aamsanchar

फाकफोकथुमको बजेट २६ करोड ५१ लाख

Author Image
शनिवार, पौष १५, २०७४

इलाम, 

फाकफोकथुम गाउँपालिकाको प्रथम गाउँसभाले चालु आव २०७४÷०७५ का लागि रु २६ करोड ५० लाख ५८ हजार ३८९ बराबरको बजेट सार्वजनिक गरेको छ ।

बजेटमा पूँजीगत खर्चतर्फ रु १५ करोड ७७ लाख १५ हजार र चालु खर्चतर्फ रु १० करोड ७३ लाख ३७ हजार ३८९ छुट्याइएको छ ।

गाउँपालिकाले कृषि, पशु, स्वास्थ्य, सहकारी, महिला, बालबालिका, अपांगता, ज्येष्ठ नागरिक, आदिवासी जनजाति तथा दलित समुदाय लक्षित कार्यक्रमलाई मुख्य प्राथमिकता दिएको गाउँपालिकाका अध्यक्ष रामकुमार श्रेष्ठ र उपाध्यक्ष सरस्वती राईले जानकारी दिनुभयो ।

सोही अवसरमा आर्थिक विधेयक २०७४÷०७५ र आर्थिक विनियोजन विधेयक २०७४÷०७५ प्रस्तुत भई पारित भएको छ ।

Views: 57

प्रतिक्रिया (०)

सम्बन्धित खबर