Aamsanchar

झापामा मानवअधिकार उल्लघन बढ्यो–इन्सेक

Author Image
आइतवार, पौष १६, २०७४

[सुरेन्द्र भण्डारी /नरेन्द्र ढकाल]

झापा ।

पछिल्लो समय झापामा मानव अधिकार उल्लघनका घटनामा वृद्धि भएको छ । शिक्षित जिल्लाको रुपमा रहेपनि झापामा धेरै बालिका तथा महिला बलात्कारको शिकार बन्नु परेको इन्सेकको तथ्याङ्कमा उल्लेख गरिएको छ । झापामा एक वर्षको अवधिमा ३८ वटा मानवअधिकार उल्लघनका घटना भएको बताइएको छ ।

सन् २०१७ मा राज्य तथा गैरराज्य पक्षका तर्फबाट ४ जनाको हत्या भएको छ । राज्यको तर्फबाट गोली लागेर एक ब्यक्तिको हत्या भएको छ भने गैरराज्य पक्षले ३ जनाको हत्या गरेको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)का झापा प्रतिनिधी अर्जुन बस्नेतले जानकारी दिएका छन् । सोही अवधिमा दुई जना बालबालिकाको हत्या गरिएको छ ।

उनका अनुसार झापामा बलात्कारका घटनामा वृद्धि भएको छ । सन् २०१७ मा १६ वर्ष मुनीका १७ जना बालिका बालात्कृत भएका छन् भने एक बालिकालाई बलात्कारको प्रयास गरिएको छ । गत वर्ष झापामा बालिका बलात्कारको संख्या ९ वटा रहेको थियो । त्यस्तै सोही अवधिमा १६ वर्षमाथिका ९ महिला बलात्कारको शिकार बनेका छन् । उक्त समयमा ३ जना महिलामाथि बलात्कारको प्रयास गरिएको इन्सेकको तथ्याङकमा उल्लेख गरिएको छ । गत वर्ष ६ जना महिला बलात्कारको शिकार भएका थिए । पछिल्लो समय झापाको बिर्तामोडमा भएको प्रर्दशनका क्रममा राज्य पक्षबाट चलाइएको गोली लागेर ५ जना घाइते भएका छन् ।

केही वर्ष देखि झापामा राज्यका तर्फबाट हत्या भएको थिएन् । तर यस वर्ष भने राज्यको तर्फबाट चलाएको गोली लागेर एक ब्यक्तिको मृत्यु भएको तथ्याङकमा उल्लेख गरिएको छ । सन् २०१६ भन्दा १७ मा मानवअधिकारका उल्लघनका घटनामा वृद्धि भएको बस्नेतको भनाई छ । उनका अनुसार पछिल्लो समय बलात्कारका घटनामा वृद्धि हुनुमा सचेतना, प्रविधिको दुरुपयोग लगायतका कारणहरु रहेको छ । अधिकांश अपराधहरु प्छिल्लो समय प्रविधिको दुरुपयोगका कारण भएको जनाइएको छ ।

कहाँ कसरी भयो मानवअधिकार उल्लघन–

राज्य पक्षबाट हत्या

अर्जुनधारा ११ का ११ बर्षीय लक्ष्मण शिवाकोटीको मृत्यु प्रकरणको निष्पक्ष छानविन नभएको भन्दै आफन्त र स्थानियले गरेको विरोध कार्यक्रममा प्रदर्शनकारीले आगजनी तथा ढुङ्गामुढा र सरकारी कार्यालय तोडफोड तथा आगजनी गरेको भन्दै प्रहरीले गोली चलाउँदा अर्जुनधारा नपा ११ का ३२ वर्षीय नरेश थापा मगरको बिर्तामोड स्थित ईलाका प्रहरी कार्यालय अगाडी राजमार्गमा गोली लागेर मृत्यु भयो । त्यसै गरि सोही घट्नामा प्रहरीको गोली लागि ईलाम जिल्ला माई नपा ५ का ३५ बर्षीय मणि नेपाली , बाह्रदशी गापा वार्ड नं ३ का सुनिल पाण्डे , अर्जुनधारा नपा ६ का ३५ बर्षीय पुर्ण लुईटेल , मेचीनगर नपा ९ का ३० बर्षीय अशोक बस्नेत र कन्काई नपा ५ का २२ बर्षीय नवराज कोईराला गोली लागी घाईते भए ।

घाईतेहरु मध्ये मणी नेपालीको काठमाण्डौ स्थित विर अस्पतालमा उपचार भईरहेको छ उनको छातीमा गोली लागेको छ । त्यसै गरि अन्य घाईतेहरुको बिर्तामोड स्थित विएनसी अस्पतालमा उपचार भइरहेको छ । घाईतेहरु सबैको छाती , हात , पाखुर तथा तिघ्रामा गोली लागेको छ । गोली लागेको घट्नामा प्रहरीले अत्यधिक वल प्रयोग गरेको भन्दै विरोध भएपछि पीडीत पक्ष , जिल्ला प्रशासन कार्यालय झापाका सिडीओ श्रmषीराम तिवारी , प्रहरीका एसपी विष्णु केशी एसएसपी पिताम्वर न्यौपाने , राजनैतिक दलका नेता ,नगर प्रमुख तथा स्थानियको भेलामा भएको छलफलमा सरकारले मृतक परिवारलाई १० लाख रुपैया राहत घट्नामा दोसी रहेका बिर्तामोडका डिएसपी राजकुमार सिलवाललाई कारबाही गर्ने, घाईतेहरुको निशुल्क उपचार तथा लक्ष्मण शिवाकोटी हत्या प्रकरणको निष्पक्ष छानविन हुने भएपछि आन्दोलनका सबै कार्यक्रम फिर्ता भएका थिए । मृतकको शवको ०७४ कात्तिक ११ गते मेची अञ्चल अस्पताल भद्रपुरमा पोष्टमार्टमपछि परिवारले दाहसँस्कार गरेका थिए ।

लक्ष्मण शिवाकोटीको ०७४ असोज १४ गते अर्जुनधारा नपा ६ बिर्तामोड स्थित आफन्तको घरमा आएकोमा भोलीपल्ट बिर्तामोड नपा १ को पानी पोखरीमा शव फेला परेको थिथो ।प्रदर्शनकारीहरुले बिर्तामोडको टा«ाफिक प्रहरी कार्यालय , यान्त्रिक कार्यालयको डोजर , ट्याक्टर , हाईलेक्स जिप , कार्यालय भवन , बिर्तामोडका मेयर निजी गाडी , नगरपालिकाको गाडी मोटर साईकल र घरमा समेत तोडफोड र आगजनी गरेका थिए ।

गैर राज्यपक्षबाट हत्या

अर्जुनधारा नपा १० का ३६ बर्षीय ओम बहादुर लिम्वूलाई सोही ठाउँका ३७ बर्षीय कृष्ण राईले ०७४ साउन १८ गते रडले टाउकोमा हानी गम्भिर घाईते बनाएकोमा ०७४ साउन ३२ गते उपचारकोक्रममा मृत्यु भयो । आरोपीलाई प्रहरीले साउन ३२ गते नै गिरफ्तार गरि कानूनी कारबाही अघि बढाएकोमा जिल्ला अदालत झापाले ०७४ भदौ २८ गते दिएको आदेश अनुसार झापा जिल्ला कारागारमा पुर्पक्षको लागि थुनामा गएकाछन् । । पीडीतको शवको सोही दिन विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पोष्टमार्टम भयो ।

त्यस्तै दमक नपा ९ शान्ति चोकका ५५ वर्र्षीय विदुर नेपालीलाई ०७४ कात्तिक १७ गते राति पत्नि ४८ बर्षीय सानुमायाँ दर्जीले कुटपीट गरि हत्या गरिन् ।आरोपीत र पीडीत दुवै जना मादक पदार्थ सेवन गरि दिनहू झगडा गरिरहनेमा उतm दिन पनि झगडा गर्ने क्रममा पत्निले गम्भिर कुटपीट गर्दा पीडीतको घरमै मृत्यु भएको थियो । आरोपीतलाई सोही दिन ईलाका प्रहरी कार्यालय दमकको टालीले गिरफ्तार गरि अनुसन्धान अघि बढाएकोमा जिल्ला अदालत झापाले ०७४ मंसिर १५ गते दिएको आदेश अनुसार झापा कारागारमा पुर्पक्षको लागि थुनामा गएकाछन् भने मृतकको शवको कात्तिक १६ गते मोरंगको मंगलवारे स्वास्थ्य केन्द्रमा पोष्टमार्टमपछि परिवारले दाहसंस्कार गरेकाछन् ।

यता दमक नपा ७ घर भई दमक नपा ५ मा होटल संचालन गरि बस्ने १९ बर्षीय राजेश मल्लिकलाई ०७४ कात्तिक २१ गते आफ्नै होटलमा अज्ञात व्यातmीले धारिलो हतियारले वायाँ छातीमा हानेर हत्या गरे । हालसम्म आरोपीतको खोजी कार्य भईरहेको र पत्ता नलागेको ईलाका प्रहरी कार्यालय दमकका डिएसपी दिपक गिरीले वताएकाछन् । मृतकको शवको मोरङ्गको मंगलवारे स्थित स्वास्थ्य केन्द्रमा पोष्टमार्टमपछि परिवारले ०७४ कात्तिक २२ गते दाहसँस्कार गरे ।

कारागार र बन्दी

ख श्रेणीको झापा जिल्ला कारागारको क्षमता ३०० जनाको छ । जसमा ३ सय ४ पुरुष कैदी र ४३ जना महिला कैदी गरि ३ सय ४७ जना कैदी रहेकाछन् । त्यस्तै ५ सय २८ पुरुष र २४ जना महिला थुनुवा गरी ५ सय ५२ जना थुनुवा रहेकाछन् । ४ जना बालक र २ जना बालिका आश्रित गरि जम्मा ९ सय ५ जना छन् ।

क्षमताभन्दा ३ गुणा बढी कैदी बन्दी भएकाले व्यवस्थापनमा समस्या रहेको शौचालय जाने समयमा घण्टौ पालो पर्खनु पर्ने समस्या रहेको कैदी बन्दीहरुले वताएकाछन् । कारागारको भौतिक संरचना धेरै पुरानो र साँगुरो भएकोले कैदी बन्दीहरुलाई खान बस्न तथा सुत्न धेरै कठीनाई भएको कैदी बन्दीहरुले वताएकाछन् ।

बाल हत्या

दमक नपा २ की १७ बर्षीया बालिकालाई सोही ठाउँका ४३ बर्षीय लक्ष्मीप्रसाद अधिकारीले ०७४ जेठ २४ गते साँझ पीडीतकै घरमा बलत्कार गरे । पीडीतालाई बलत्कार गरेको देखिपछि पीडीतकी बहिनी ९ बर्षीया सरिता दहाललाई आरोपीतले सोही समयमा बञ्चरोले टाउको तथा शरीरका विभिन्न भागमा काटेर घट्नास्थल मै हत्या गरे ।

हत्यापछि आरोपीतलाई प्रहरीले सोही दिन गिरफ्तार गरि कारबाही अघि बढाएकोमा ०७४ असार २३ गते अदालतको आदेशमा पुर्पक्षको लागि थुनामा गएकाछन् । पीडीतहरु मध्ये सरिता दहालको शवको मंगलवारे स्थित स्वास्थ्य केन्द्रमा पोष्टमार्टम भयो भने दिदीको मेची अञ्चल अस्पतालमा मेडिकल जाँच भयो ।

यता अर्जुनधारा नपा ११ का ११ बर्षीय लक्ष्मण शिवाकोटीलाई अर्जुनधारा नपा ६ का ५५ वर्षीय सुरेश कुमार पोखरेल , ५० बर्षीया मन्दिरा पोखरेल ,३६ बर्षीय सन्तोष कुमार पोखरेल , ३२ वर्षीय समिर पोखरेल , ३० बर्षीय सुधिर पोखरेल , २८ बर्षीया झमक कुमारी पोखरेल , ३२ वर्षीया विष्णु पोखरेल र २७ बर्षीया स्मृती पोखरेलले ०७४ असोज १४ गते दशैको टिकाको दिन बिर्तामोड नपा १ को एक पानी पोखरीमा शिवाकोटीलाई आफ्नो घरमा आएको समयमा हत्या गरि, हत्यापछि सोही रात लगेर बिर्तामोड नपा १ को ठाकुर मन्दिर नजिकैको पोखरीमा शव फ्याँकेको भनि असोज १५ गते पीडीत परिवारले ईलाका प्रहरी कार्यालय बिर्तामोडमा जाहेरी दिए ।

जाहेरी प्रश्चात सन्तोष, समिर र सुरेश पोखरेललाई ०७४ असोज १५ गते प्रहरीले गिरफ्तार गरि हत्या आरोपमा मुद्धा दर्ता गरि कारबाही अघि बढाएकोमा ०७४ कात्तिक १६ गते जिल्ला अदालत झापाको आदेशमा झापा कारागारमा पुर्पक्षको लागि थुनामा गएकाछन् भने अन्य ५ जना आरोपीतहरु फरार रहेकाछन् । मृतक बालकको शवको ०७४ कात्तिक १५ गते धरान स्थित विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोष्टमार्टमपछि परिवारले दाह संस्कार गरे । अन्य आरोपीतको खोजी काई भईरहेको प्रहरीले वताएको छ ।

बलात्कार,

शनिअर्जुन नपा ९ वुट्टावारीकी ८ वर्षीया बालिकालाई सोही ठाउँका ४५ बर्षीय पदम बहादुर दर्जीले ०७३ माघ १३ गते आफ्नै घरमा बलत्कार गरे । बालिकाका अभिभावकले ०७३ माघ १५ गते ईलाका प्रहरी कार्यालय बिर्तामोडमा जाहेरी दिएपछि सोही दिन प्रहरीले गिरफ्तार गरि कारबाही अघि बढाएकोमा जिल्ला अदालत झापाले ०७४ बैशाख २१ गते १० बर्ष कैद र महिला तथा बालबालिका कार्यालयबाट ३५ हजार क्षतिपुर्ती पीडीतलाई दिने फैसला सुनाएकोमा आरोपीत हाल झापा कारागारमा रहेकाछन् ।

पीडीत बालिकाको ०७३ माघ १५ गते मेची अञ्चल अस्पताल भद्रपुरमा मेडिकल जाँच भएको थियो ।त्यसैगरी गरामनी गाविस ९ की १४ बर्षीया बालिकालाई सोही ठाउँका १८ बर्षीय श्याम दर्जीले ०७३ फागुन २ गते विहान पीडीतकै घर छेऊको खेतमा बलत्कार गरे । पीडीतका अभिभावकले सोही दिन ईलाका प्रहरी कार्यालय बिर्तामोडमा उजुरी गरेकोमा उजुरी पर्ना साथ आरोपीतलाई प्रहरीले गिरफ्तार गरेर कारबाही अघि बढायो । जिल्ला अदालत झापाले ०७३ चैत १ गते दिएको आदेश अनुसार पुर्पक्षको लागि थुनामा रहेकोमा सोही अदालतले ०७४ असार २७ गते ७ वर्ष कैदको सजाय गरेको छ ।पीडीत बालिकाको फागुन २ गते नै मेची अ्रचल अस्पताल भद्रपुरमा मेडिकल जाँच भयो ।यता अर्जुनधारा नपा ५ का ९ र ७ बर्षीया २ बालिकालाई सोही ठाउँका १५ बर्षीय दिपक लुईटेलले ०७३ चैत ३ गते पीडितकै घरमा बलत्कार गरे ।

पीडीत परिवारले आरोपीत विरुद्ध ०७३ चैत ७ गते ईलाका प्रहरी कार्यालय बिर्तामोडमा उजुरी दिएकोमा उजुरी दिएकै दिन प्रहरीले गिरफ्ता गरि कारबाही अघि बढायो । पीडीत बालिकाहरुको ०७३ चैत ७ गते नै मेची अञ्चल अस्पताल भद्रपुरमा मेडिकल जाँच भयो । आरोपीतविरुद्ध जिल्ला अदालत झापाले ०७४ बैशाख ४ गते वाल सुधार गृहमा राख्ने आदेश दिए पछि हाल उनी वाल सुधार गृह विराटनगरमा रहेकाछन् ।

उता वाह्दशी गापा ६ की १२ बर्षीया बालिकालाई कन्काई नपा –८ का १८ बर्षीय गोपाल हेमरमले कन्काई नपा ९ स्थित आफन्तको विवाह कार्यक्रममा गएको समयमा ०७४ बैशाख ४ गते विहान बलत्कार गरे। कन्काई नपा ९ स्थित वैवाहिक कार्यक्रममा आएको समयमा विहानका राति २.३० बजे जबरजस्ती घरभन्दा परको खाली जग्गामा मुख थुनेर लगि बलत्कार गरे । परिवारले ०७४ वैशाख ५ गते ईलाका प्रहरी कार्यालय बिर्तामोडमा उजुरी गरेपछि आरोपीतलाई प्रहरीले तत्काल गिरफ्तार गरि कारबाही अघि बढायो ।पीडीत बालिकाहरुको ०७४ बैशाख ५ गते नै मेची अञ्चल अस्पताल भद्रपुरमा मेडिकल जाँच भएको थियो ।आरोपीलाई जिल्ला अदालत झापाले ०७४ जेठ १ गते पुर्पक्षको लागि झापा कारागारमा राख्ने आदेशकोमा सोही अदालतले ०७४ असार २५ गते ७ बर्ष कैदको फैसला गरेकोमा जिल्ला कारागार झापामा रहेकाछन् ।

यता अर्जुनधारा नपा १ की १५ बर्षीया बालिकालाई सोही ठाउँका २१ बर्षीय विमल चौधरीले ०७४ बैशाख १६ गते घरबाट भगाएर लगि दमक नपा ३ स्थित भुटानी शरणार्थी शिविर दमकमा रहेको आफन्तको घरमा लगि स बलत्कार गरे ।नाबालक छोराीलाई बलत्कार गरेको भन्दै पीडीत परिवारले ईलाका प्रहरी कार्यालय दमकमा ०७४ बैशाख १९ गते उजुरी गरेपछि सोही दिन प्रहरीले गिरफ्तार गरि कारबाही अघि बढाएकोमा जिल्ला अदालत झापाले ०७४ जेठ १७ गते पुर्पक्षको लागि थुनामा राख्ने आदेश दिए बमोजिम हाल झापा कारागारमा थुनामा रहेकाछन् । पीडीत बालिकाहरुको ०७४ बैशाख १९ गते नै मेची अञ्चल अस्पताल भद्रपुरमा मेडिकल जाँच भयो ।

यसैबीच डाँगीवारी गाविस ७ की ५ बर्षीया एक बालिकालाई सोही ठाउँका २० बर्षीय सुरज लोक्ताम लिम्वूले ०७४ बैशाख १५ गते आफ्नै घरमा बलत्कार गरे । आरोपीत विरुद्ध परिवारले ईलाका प्रहरी कार्यालय बिर्तामोडमा वैशाख १६ गते जाहेरी दिए । आरोपीत फरार रहेकोमा ०७४ जेठ २४ गते प्रहरीले गिरफ्तार गरि कारबाही अघि बढाएकोमा ०७४ भदौ १५ गते जिल्ला अदालत झापाले १० वर्ष कैदको सजाय गरेपछि झापा कारागारमा रहेकाछन् । बालिकाको ०७४ बैशाख १६ गते मेची अञ्चल अस्पताल भद्रपुरमा मेडिकल जाँच भयो ।

यता अर्जुुाधारा नपा ३ की १३ बर्षीया बालिकालाई सोही ठाउँका ३३ बर्षीय धनबहादुर पोर्तेलले ०७४ जेठ २ गते राति पीडीतकै घरमा बलत्कार गरे । पीडीत परिवारलाई भनेपछि परिवारका सदस्यहरुले भोलि पल्ट ईलाका प्रहरी कार्यालय बिर्तामोडमा उजुरी गरेपछि उजुरी परेकै दिन प्रहरीले गिरफ्तार गरि थप अनुसन्धान गरिरहेको छ । पीडीत बालिकाको ०७४ जेठ ३ गते मेची अञ्चल अस्पतालमा मडिकल जाँच भएको थियो । यता अर्जुनधारा नपा ७ की ७ बर्षीया बालिकालाई सोही ठाउँका ७० बर्षीय जित बहादुर राना मगरले ०७४ असार ८ गते बलत्कार गरे ।

पीडीत बालिका घरमा एक्लै भएको समयमा घर कोठा भित्र प्रवेश गरि बलत्कार गरेको प्रहरीले वताएको छ । घट्नापछि सोही दिन आरोपीतलाई प्रहरीले गिरफ्तार गरि ईलाका प्रहरी कार्यालय बिर्तामोडमा राखेर थप अनुसन्धान अघि बढाएकोमा जिल्ला अदालत झापाले ०७४ असार २७ गते दिएको आदेश अनुसार पुर्पक्षको लागि थुनामा गएकाछन् ।

यसैगरी अर्जुनधारा नपा १० की ७ बर्षीया बालिकालाई सोही ठाउँका १५ बर्षीय बालकले ०७४ असार२३ गते दिउँसो पीडीतकै घरमा बलत्कार गरे ।बालिका एक्लैभएको समयमा घर भित्र पसेर बलत्कार गरेका थिए । घट्नापछि पीडीतका आमा बाबु आएपछि घट्नाको विषयमा जानकारी भएको थियो आरोपीतलाई प्रहरीले सोही दिन गिरफ्तार गरेर हाल ईलाका प्रहरी कार्यालय बिर्तामोडले कारबाही अघि बढाएकोमा ०७४ साउन १९ गते बाल सुधार गृह विराटनगर पठा उने आदेश भए बमोजिम बाल सुधार गृह पठाएको ।

यसैबीच दमक नपा २ की १३ बर्षीया बालिकालाई सोही ठाउँका १७ बर्षीय नेत्र शिवाले ०७४ साउन १९ गते दिउँसो नजिकैको हम्सेदुम्से सामुदायिक वनमा लगेर बलत्कार गरे । घट्नापछि पीडीत परिवारले सोही दिन प्रहरीमा उजुरी दिएकोमा उजुरी पर्नासाथ प्रहरीले गिरफ्तार गरि कानूनी कारबाही अघि बढाएकोमा भदौ १४ गते जिल्ला अदालत झापाको आदेशमा पुर्पक्षको लागि थुनामा रहेकाछन् । बालिकाको ०७४ साउन २० गते मेची अञ्चल अस्पताल भद्रपुरमा मेडिकल परिक्षण भयो ।

त्यस्तै बिर्तामोड नपा ४ की १३ बर्षीया बालिकालाई बाबु ३८ बर्षीय नरेश चौधरीले ०७४ बैशाख १९ गतेदेखि जेठ ६ गतेसम्म पटक पटक बलत्कार गरेको आरोपमा पीडीतले ०७४ भदौ २ गते ईलाका प्रहरी कार्यालय बिर्तामोडमा उजुरी गरिन । उजुरी परेकै दिन आरोपीतलाई प्रहरीले गिरफ्तार गरि कारबाही अघि बढाएकोमा ०७४ भदौ २८ गते जिल्ला अदालत झापाले दिएको आदेश मा पुर्पक्षको लागि थुनामा गएकाछन् ।पीडीत बालिकाको भदौ २ गते नै मेची अञ्चल अस्पताल भद्रपुरमा मेडिकल जाँच भयो ।

यता बिर्तामोड नपा ४ की ७ बर्षीया बालिकालाई सोही ठाउँका २५ बर्षीय युवकले ०७४ साउन २४ गते दिउँसो आफ्नै घरमा अप्राकृतिक मैथुन गर्न लगाए ।घट्नाको विषयमा पीडीत बालिकाले आफ्नी आमालाई भने पछि ०७४ भदौ ६ गते ईलाका प्रहरी कार्यालय बिर्तामोडमा अभिभावकले जाहेरी दिएपछि आरोपीतलाई प्रहरीले गिरफ्तार गरि कारबाही अघि बढाएकोमा आरोपीत जिल्ला अदालत झापाले दिएको आदेश अनुसार ०७४ असोज ३ गते पुर्पक्षको लागि थुनामा गए। पीडीत बालिकाको भदौ ६ गते नै मेची अञ्चल अस्पताद भद्पुरमा मेडिकल जाँच भयो । त्यस्तै बिर्तामोड नपा ४ की ९ बर्षीया बालिकालाई सोही ठाउँका २५ बर्षीय युवकले ०७४ साउन २३ गते दिउँसो आफ्नै घरमा अप्राकृतिक मैथुन गर्न लगाए ।

घट्नाको विषयमा पीडीत बालिकाले आफ्नी आमालाई भने पछि ०७४ भदौ ६ गते ईलाका प्रहरी कार्यालय बिर्तामोडमा अभिभावकले जाहेरी दिए । जिल्ला अदालत झापाले दिएको आदेश अनुसार आरोपीत ०७४ असोज ३ गते पुर्पक्षको लागि थुनामा गए । पीडीत बालिकाको ०७४ असोज ३ गते मेची अञ्चल अस्पताल भद्रपुरमा मेडिकल जाँच भयो ।

उता अर्जुनधारा नपा ३ की १५ बर्षीया बालिकालाई सोही ठाउँका ६३ बर्षीय लाल बहादुर राईले ०७४ भदौ १६ गते आफ्नै घरमा बलत्कार गरे । आरोपीतकी पत्निले घट्ना देखेपछि प्रहरीमा खबर गरेकि थिईन् । त्यसपछि परिवारले ईलाका प्रहरी कार्यालय बिर्तामोडमा ०७४ भदौ १८ गते जाहेरी दिएका थिए । जाहेरी दिएकै दिन आरोपीतलाई प्रहरीले गिरफ्तार गरि कारबाही अघि बढाएकोमा आरोपीत विरुद्ध जिल्ला अदालत झापाले दिएको आदेश अनुसार ०७४ भदौ ३१ गते पुर्पक्षको लागि थुनामा गए । पीडीतको मेडिकल जाँच मेची अञ्चल अस्पताल भद्रपुरमा सोही दिन भएको थियो । अ.नं २७

बिर्तामोड नपा २ चारपानेकी ९ बर्षीया बालिकालाई सोही ठाउँका १४ बर्षीँय बालकले ०७४ भदौ २० गते आफ्नै घरमा बलत्कार गरे ।बालिकाले घट्नाको विषयमा अभिभावकलाई भने पछि घट्ना सार्वजनिक भएको थियो । पीडीत परिवारले ०७४ भदौ २३ गते ईलाका प्रहरी कार्यालय बिर्तामोडमा जाहेरी दिएका थिए । जाहेरी दिएकै दिन प्रहरीले आरोपीतलाई गिरफ्तार गरि कारबाही अघि बढाएकोम आरोपीत पनि नाबालक भएको जनाउँदै जिल्ला अदालत झापाले ०७४ असोज ४ गते अभिभावकको जिम्मामा बालकलाई तारेखमा रिहा गर्ने आदेश गर्यो । बालिकाको सोही दिन मेचि अञ्चल अस्पताल भद्रपुरमा मेडिकल जाँच भयो ।

बिर्तामोड नपा ५ की ४ बर्षीया बालिकालाई सोही ठाउँका १७ बर्षीय इरसाफ आलमले ०७४ भदौ २३ गते दिउँसो आफ्नै डेरामा बलत्कार गरे । पीडीत बालिकालाई फकाई फुलाई आफ्नो डेरामा ल्याई बलत्कार गरेका थिए । बलत्कार गरेको थाह पाएपछि परिवारले सोही दिन ईलाका प्रहरी कार्यालय बिर्तामोडमा उजुरी गरेका थिए । जाहेरी परेकै दिन प्रहरीले गिरफ्तार गरि कारबाही अघि बढाएकोमा जिल्ला अदालत झापाले असोज २२ गते दिएको आदेश अनुसार आरोपीत झापा कारागरमा थुनामाा रहेकाछन् । । पीडीत बालिकाको मेची अञ्चल अस्पताल भद्रपुरमा मेडिकल जाँच भयो ।

बलात्कार प्रयास

दमक नपा ६ की १३ बर्षीया बालिकालाई सोही ठाउँका २१ बर्षीय वाहिद अन्सारीले ०७४ असार १४ गते राति घर भित्र छिरेर बलत्कारको प्रयास गरे । आरोपीतविरुद्ध परिवारले ०७४ असार १५ गते ईलाका प्रहरी कार्यालय दमकमा उजुरी गरेपछि प्रहरीले आरोपीतलाई गिरफ्तार गरि कानूनी कारबाही अघि बढाएकोमा जिल्ला अदालत झापाले ०७४ साउन ४ गते दिएको आदेश अनुसार पुर्पक्षको लागि थुनामा रहेकाछन् । बालिकाको असार १५ गते नै मेची अञ्चल अस्पताल भद्रपुरमा मेडिकल जाँच भएको थियो ।

महिलाविरुद्ध हुने सबै प्रकारको भेदभाव र दुव्र्यवहार

बलात्कार,

हल्दीवारी गाविस ७ की १९ बर्षीया महिलालाई चकचकी गाविस ६ का ३२ बर्षीय हिरालाल हजाम र ३१ बर्षीय विक्रम राजवंशीले ०७३ माघ ३ गते बिर्तामेड नपा ६ को होटल मानसरोवरमा ल्याई बलत्कार गरे ।घट्नापछि पीडीत परिवारले ०७३ माघ १० गते ईलाका प्रहरी कार्यालय बिर्तामोडमा उजुरी दिएकोमा आरोपीत मध्ये विक्रम राजवंशीलाई उजुरी परेकै दिनगिरफ्तार गर्यो भने अर्का आरोपीत फरार रहेकाछन् । पीडीत महिलाको ०७३ माघ १० गते मेची अञ्चल अस्पताल भद्रपुरमा मेडिकल जाँच भयो । जिल्ला अदालत झापाले ०७३ फागुन ६ गते दिएको आदेश अनुसार झापा कारागारमा थुनामा रहेकाछन् ।

भद्रपुर नपा ६ की २८ बर्षीया सुस्तमनस्थितीकी महिलालाई ०७३ माघ १५ गते राति सोही नपा ८ का ५८ बर्षीय गोविन्द राजवंशीले पीडीतकै घरमा बलत्कार गरे । प्रहरी ०७३ माघ १६ गते गिरफ्तार गरि कारबाही अघि बढायो । ०७३ फागुन १२ गते जिल्ला अदालत झापाले दिएको आदेश अनुसार आरोपीत पुर्पक्षको लागि झापा कारागारमा थुनामा रहेकोमा ०७४ मंसिर २८ गते ५ बर्ष कैदको फैसला गरेको छ । पीडीतको ०७३ माघ १६ गते मेची अञ्चल अस्पताल भद्रपुरमा मेडिकल जाँच भयो ।

मोरंग जिल्ला रमितेखोला गाविस ६ की १८ बर्षीया महिला काम विशेषले बिर्तामोड नपा आएको समयमा ०७३ फागुन १५ गते झापा गरामनी गाविस ९ का ५२ बर्षीय प्रेम ढुंगानाले फकाई फुलाई स्थानिय श्रीराज होटलमा लगेर बलत्कार गरे । ०७३ फागुन १६ गते पीडीतले ईलाका प्रहरी कार्यालय बिर्तामोडमा उजुरी दिईन् । उजुरी पर्नासाथ प्रहरीले गिरफ्तार गरि कारबाही अघि बढाएकोम ा०७३ चैत १४ गते जिल्ला अदालत झापाले दिएको आदेश अनुसार पुर्पक्षको लागि थुनामा रहेकोमा सोही अदालतले ०७४ जेठ ४ गते सफाई दिएपछि थुनामुतm भएकाछन् । ०७३ फागुन १६ गते पीडीतको मेची अञ्चल अस्पताल भद्रपुरमा मेडिकल जाँच भयो ।

बिर्तामोड नपा २ जानकी इटाभट्टामा काम गर्ने १९ बर्षीया महिलालाई सोही ठाउँका ३४ बर्षीय नरेश सहनीले ०७४ असार ९ गते दिउँसो भट्टाको कम्पाउण्डमा बलत्कार गरे । बलत्कारपछि पीडीत परिवारले सोही दिन ईलाका प्रहरी कार्यालय बिर्तामोडमा उजुरी दिएकोमा प्रहरीले आरोपीतलाई गिरफ्तार गरि कारबाही बढाएकोमा जिल्ला अदालत झापाले ०७४ साउन ४ गते दिएको थुनछेको आदेश अनुसार झापा कारागारमा पुर्पक्षको लागि थुनामा गएकाछन् ।

डाँगीवारी गापा ५ की २० बर्षीया महिलालाई सोही गापा वार्ड नं ६ का २८ बर्षीय जीवन भन्ने घनश्याम उपे्रतीले ०७४ साउन ४ गते बिर्तामोड नपा ४ स्थित आफ्नो डेरामा ल्याई बलत्कार गरे । घट्नापछि पीडीत परिवारले ०७४ साउन ५ गते ईलाका प्हरी कार्यालय बिर्तामोडमा उजुरी गरेपछि सोही दिन प्रहरीले गिरफ्तार गरि कारबाही अघि बढाएकोमा जिल्ला अदालत झापाले ०७४ साउन ३२ गते दिएको आदेश बमोजिम पुर्पक्षको लागि थुनामा गएकाछन् ।। पीडीत महिलाको ०७४ साउन ५ गते मेची अञ्चल अस्पताल भद्पुरमा मेडिकल जाच भएको छ ।

अर्जुनधारा नपा ६ की २० बर्षीया महिलालाई ०७४ साउन ४ गते साँझ बिर्तामोडबाट आफ्नो घर तर्फ जाँदै गर्दा अर्जुनधारा नपा ६ को कप्तानवारी स्थित चिया वगानमा लगेर अज्ञात व्यातmीले बलत्कार गरे । अर्ध नग्न अवस्थामा बाँधिएको अवस्थामा रहेकी पीडीतलाई स्थानियले उद्धार गरि मेची अञ्चल अस्पताल भद्रपुरमा उपचार भएको थियो । हालसम्म पनि आरोपीतलाई पहिचान गरि प्रहरीले गिरफ्तार गर्न सकेकोछैन ।

कन्कार्इँ नपा ५ की २९ बर्षीया सुस्त मनस्थितीकी महिलालाई सोही ठाउँका ४६ बर्षीय मित्र बहादुर थापाले ०७४ साउन ५ गते दिउँसो पीडीतकै घरमा बलत्कार गरे । पीडीतले केहि समयपछि घरका अभिभावक हरुलाई भनेपछि घट्नाको विषयमा जानकारी भएको थियो । त्यसपछि परिवारले ईलाका प्रहरी कार्यालय बिर्तामोडमा सोही दिन उजुरी गरेपछि आरोपीतलाई गिरफ्तार गरि कानूनी कारबाही अघि बढाएकोमा झापा जिल्ला अदालत को आदेशमा ०७४ साउन २५ गते पुर्पक्षको लागि थुनामा गएकाछन् ।

बिर्तामोड नपा १० की ४५ बर्षीया महिलालाई सोही ठाउँका ४० बर्षीय ताला भन्ने विष्णु हास्दाले ०७४ असोज १६ गते दिउँसो पीडीतकै घरमा बलत्कार गरे । पीडीतले ०७४ असोज २० गते ईलाका प्रहरी कार्यालय बिर्तामोडमा उजुरी गरेपछि सोही दिन गिरफ्तार गरि कानूनी कारबाही अघि बढाएकोमा जिल्ला अदालत झापाले ०७४ कात्तिक १७ गते दिएको आदेश अनुसार आरोपीत पुर्पक्षको लागि झापा कारागारमा थुनामा रहेकाछन् । पीडीत महिलाको असोज २० गते विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मेडिकल जाँच भएको थियो ।

अर्जुनधारा नपा ६ की १६ बर्षीया बालिकालाई सोही ठाउँका ३२ बर्षीय सन्दिप परियारले आफ्नै कोठामा ०७४ मंसिर ८ गते बलत्कार गरे ।आरोपीतविरुद्ध भोलि पल्ट ईलाका प्रहरी कार्यालय बिर्तामोडमा उजुरी दिएकोमा अजुरी पर्नासाथ प्रहरीले आरोपीतलाई गिरफ्तार गरि कारबाही अघि बढाएकोमा ०७४ पुस ६ गते जिल्ला अदालत झापाले दिएको आदेश अनुसार पुर्पक्षको लागि थुनामा गएकाछन् ।बालिकाको मंसिर ९ गते मेची अञ्चल अस्पताल भद्रपुरमा मडिकल जाँच भएको थियो ।

बलात्कार प्रयास,

गरामनी गाविस ४ की २१ बर्षीया महिलालाई सोही ठाउँका ३८ बर्षीय ताराविर रिजालले ०७३ माघ २१ गते पीडीतकै माईती घरमा बलत्कार प्रयास गरे । पीडीतले आरोपीत विरुद्ध ०७३ माघ २९ गते ईलाका प्रहरी कार्यालय बिर्तामोडमा उजुरी गरिन् । उजुरी पर्ना साथ प्रहरीले गिरफ्तार गरेकोमा ०७३ फागुन २४ गते जिल्ला अदालत झापाले दिएको आदेश अनुसार आरोपीत ३० हजार धरौटीमा रिहा भएकोमा सोही अदालतले ०७४ असार ६ गते २ वर्ष ६ महिना कैदको सजाय सुनाएकोछ ।पीडीतको ०७३ माघ २९ गते मेची अञ्चल अस्पताल भद्रपुरमा मेडिकल जाँच भयो ।

हल्दीवारी गापा ५ जलथलकी २१ बर्षीया महिलालाई सोही ठाउँका ४१ बर्षीय केशव पराजुलीले ०७४ वैशाख २६ गते स्थानिय जंगलमा दाउरा खोज्न गएको बेला बलत्कार प्रयास गरे। घट्नाको विषयमा पीडीत परिवारले ०७४ वैशाख २७ गते जिल्ला प्रहरी कार्यालय झापामा उजुरी दिएपछि सोही दिन प्रहरीले गिरफ्तार गरि कारबाही अघि बढाएकोमा ०७४ जेठ २२ गते जिल्ला अदालत झापाले दिएको आदेश अनुसार ३५ हजार धरौटी राखी तारेखमा रिहा भएकाछन् ।पीडीतको ०७४ वैशाख २६ गते मेची अञ्चल अस्पताल भद्रपुरमा मेडिकल जाँच भयो । ०७४ असार २७ गते जिल्ला अदालत झापाबाट सफाई पाएपछि सोही दिन कारागार मुतm भए ।

Views: 123

प्रतिक्रिया (०)

सम्बन्धित खबर