Aamsanchar

वक्तृत्वमा वेदान्त प्रथम

Author Image
शुक्रवार, माघ १९, २०७४

विर्तामोड ।

झापा मेरीगोल्ड अङ्ग्रेजी आवसीय मावि सुरुङ्गाका वेदान्त तिम्सिनाले जिल्ला स्तरीय वकृत्वकला प्रतियोगिताको उपाधि जितेका छन् ।

सहिद सप्ताहको अवसर पारेर शिक्षक हित बचत तथा ऋण सहकारी संस्थाले देवी मावि विर्तामोडमा आयोजना गरेको ‘दिगो विकासको लक्ष्य प्राप्तिका लागि सहकारी’ विषयक वकतृत्वकला प्रतियोगितामा ३० जना प्रतिस्पर्धीलाई पछि पार्दै तिम्सिनाले उपाधी जितेका हुन् । जितसँगै उनले नगद २५ सय, ट्रफी र प्रमाण पत्र प्राप्त गरेका छन् ।

प्रतियागितामा कमला आश्रित माध्यमिक विद्यालयका अर्जुन घिमिरे दोस्रो, वीरेन्द्र मावि चन्द्रगढीकी नीशा लामिछाने तेस्रो र चुलाचुली मावि दमककी दिव्या दाहालले सान्तवना प्राप्त गरे । उनीहरुले क्रमश २ हजार, १५ सय र १ हजार प्राप्त गरे ।

हरेक स्थानीय तहबाट २ जनाका दरले छनोट भएर जिल्लाका ३० जना प्रतिस्पर्धी विद्यार्थी सहभागि भएका थिए ।

सहकारीका अध्यक्ष नारायणप्रसाद गौतमको सभापतित्व तथा जिल्ला समन्वय समितिका अध्यक्ष सोम पर्तेल, डिवजन सहकारी झापाका कार्यालय प्रमुख दुर्गाप्रसाद न्यौपाने, देवी माविकी प्रधानाध्यापक अम्बिका श्रेष्ठ, शिक्षक महासंघ झापाका सचिव उमेश साहु, जिल्ला सहकारी संघ झापाकी उपाध्यक्ष गीता कुवँर, नेपाल शिक्षक संगठनका केन्द्रीय प्रतिनिधि माधव प्याकुरेललगायतले पुरस्कार वितरण गरेका थिए ।

सहकारीका व्यवस्थापक दिपक सिवकोटीले स्वागत गरेको कायएक्रमको सञ्चालन हरि न्यौपानेले गरेका थिए ।

Views: 173

प्रतिक्रिया (०)

सम्बन्धित खबर