Aamsanchar

संस्थापक शिक्षकको विदाइ

Author Image
शुक्रवार, माघ १९, २०७४

इटाभट्टा ।

शिक्षक सेवाबाट अनिवार्य अवकास पाएका बालकल्याण मावि मेचीनगर ५ का प्रधानाध्यापक नरेन्द्रकुमार पाठकको विदाई गरिएको छ । पाठक यस विद्यालयका संस्थापक शिक्षक समेत हुन् । यो विद्यालय २०३१ सालमा स्थापना भएको थियो । उनले यस विद्यालयमा ४१ वर्ष सेवा गरेर गत वर्ष अनिवार्य अवकास पाएका थिए । उनले ३ वर्ष प्रधानाध्यापकको समेत जिम्मेवारी बहन गरेका थिए ।

विहिवार विद्यालयले एक कार्यक्रमको आयोजना गरेर विदाई गरेको थियो । उनलाई चाँदीको करुवा, थाली, सम्मान पत्र, फुलमाला र अबिरसहित विदाई गरिएको थियो ।

विद्यालय व्यवस्थापन अध्यक्ष दिलिप सुब्बाको सभापतित्व तथा काँकरभिट्टा स्रोत केन्द्रका स्रोत व्यक्ति लोकबहादुर दाहालको सभापतित्वमा सम्पन्न कार्यक्रममा सहायक प्रधानाध्यापक मञ्जु दाहाल, समाजसेवी रमेश पौडेल, ग्रीन भिलेज बोडिङ स्कुलका प्रिन्सिपल हरि बुढाथोकीलगायतले पाठकलाई शुभकामना दिएका थिए । प्रधानाध्यापक नारायण न्यौपानेले स्वागत गरेको कार्यक्रमको सञ्चालन शिक्षक कनक कार्कीले गरेका थिए ।

Views: 28

प्रतिक्रिया (०)

सम्बन्धित खबर