Aamsanchar

सीएमए संघ झापामा प्रदीप

Author Image
आइतवार, माघ २१, २०७४

झापा,

सीएमए संघ झापाको तेस्रो जिल्ला अधिवेशनले प्रदीप खरेलको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ । १३ सदस्य समितिको उपाध्यक्षमा धम्र्रेन्द्र भट्टराई, महिला उपाध्यक्ष उषाकुमारी साह, महासचिव सुरेश खतिवडा, सचिव ताराप्रसाद रेग्मी, कोषध्यक्ष षडानन्द नेपाल र सहकोषाध्यक्षमा पदमलाल राजवंशी चयन भएका छन् ।

त्यस्तै समितिको सदस्यहरुमा खगेन्द्र लिङ्देन, धिरेन ओझा, अमृता गौतम (बन्दना), भेषराज खतिवडा, अर्जुन ढकाल र निमा लामा चयन भएका छन् । समितिको कार्यकाल ३ वर्ष हुने बताइएको छ । झापा जिल्लाका अध्यक्ष दानबहादुर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख कोइरालाको प्रमुख आतिथ्य थियो ।

सीएमएस संघका केन्द्रीय उपाध्यक्ष ओम खड्काको विशेष आतिथ्य रहेको कार्यक्रममा नेपाल चिकित्सक संघ मेचीका अध्यक्ष सीपी यादव, औषधि ब्यवसायी संघ मेचीका अध्यक्ष नरेन्द्र बस्नेत, सीएमएस संघका पूर्व केन्द्रीय उपाध्यक्ष हरिशरण देवकोटा, उमेश रेग्मी, दीपक सापकोटा लगायतको आतिथ्य रहेको थियो ।

सो अवसरमा सीएमए संघलाई नेकपा एमालेका बिर्तामोड नगर अध्यक्ष समेत रहेका ज्ञानुराम प्रसाईले १२ धुर जग्गा समेत प्रदान गरेका छन् । कार्यक्रममा संघलाई सहयोग पु¥याएको भन्दै तीन जनालाई सम्मान गरिएको थियो । उपाध्यक्ष धर्मेन्द्र भट्टराईले स्वागत गरेको कार्यक्रमको सञ्चालन महासचिव प्रदीप खरेलले गरेका थिए ।

Views: 140

प्रतिक्रिया (०)

सम्बन्धित खबर