Aamsanchar

प्रमुख सचिवद्वारा पदबहाली र कार्यालय उद्घाटन

Author Image
आइतवार, माघ २१, २०७४

विराटनगर, 

प्रदेश नं १ का प्रमुख सचिव यादवराज कोइरालाले आज विराटनगरमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आज विधिवत्रुपमा उद्घाटन गर्नुभयो ।

प्रमुख सचिव कोइरालाले आजै पदबहालीसमेत गर्नुभयो । सो अवसरमा उहाँले प्रमुख सचिवको काम कर्तव्यको सम्बन्धमा जानकारी गराउनुहुँदै यस कार्यालयमा दुईजना सचिवसमेत गरी २३ जना कर्मचारी रहने बताउनुभयो ।

उहाँले सातवटा मन्त्रालय रहने र अहिलेसम्ममा चारवटा मन्त्रालयका सचिवका साथै केही कर्मचारी आइसकेको र अन्य कर्मचारी केही दिनभित्रै आइपुग्ने जानकारी गराउनुभयो ।

कार्यालयको उद्घाटनको समयमा प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्य र मुख्यमन्त्री कार्यालयका सचिव सन्तोष श्रेष्ठलगायतको उपस्थिति थियो ।

Views: 152

प्रतिक्रिया (०)

सम्बन्धित खबर