अर्जुनधारा।

झापाको अर्जुनधारा नगरपालिका वार्ड नं. ४ भाङ्बारीमा रहेको कक्वाली खोलामा कल्भर्ट बन्ने भएपछि स्थानीयवासी हर्षित भएका छन् ।

शनिश्चरे बजार अर्जुनधारा धाम हुँदै भाङ्बारीबाट अर्जुनधारा–३ साविक खुदुनाबारी–जुकेखाडीसम्मका मानिसहरुले प्रयोग गर्ने यो सडकमा पर्ने कल्भर्टमा ह्युमपाइप लगाइएको थियो ।

प्रत्येक वर्ष सो ह्युमपाइपमा पानि नआटेपछि बाटो भत्किएर खाल्डो परेपछि स्थानीयवासी बैकल्पिक बाटोको प्रयोग गरेर वारिपारि हिँड्नुपर्ने बाध्यता थियो । सो पानी ह्युमपाइपसम्म घुमाउरो तरिकाले बगेको थियो । अर्जुनधारा नगरपालिकाबाट सो कल्भर्ट निर्माणको लागि १० लाख रुपैयाँ बिनियोजन भएपछि, खोलाको धार सिधा पारेर कल्भर्ट राख्ने भएको हो ।

जग्गाधनी नाथमणि पौडेल, भोजबहादुर भुजेल र प्रेम लिम्बूसँग सहमति भएपछि खोलाको धार सिधा पारेर कल्भर्ट निर्माण गर्ने सहमति भएको निर्माण समिति अध्यक्ष रोशन बस्नेतले बताए । सो कल्भर्ट ६ मिटर लामो र ५ मिटर चौडाई बन्ने ओभरसियर कमल पौडेलले जानकारी दिए ।
सो कल्भर्ट निर्माण समितिका अध्यक्ष रोशन बस्नेतको अध्यक्षतामा अर्जुनधारा–४का अध्यक्ष दुर्गा दाहाल, एकदेव खनाल, उपाध्यक्ष पहलमान खड्का, सचिव मनोरथ शिवाकोटी, लीला कट्टेल, रामकुमार आछामी, गंगा खतिवडा, दुर्गा खड्का लगायतको सहभागितामा खोलाको धार सिधा पारिएको बताइएको छ ।

