Aamsanchar

स्थानीयवासीको पहलमा सडक विस्तार

Author Image
आइतवार, माघ २१, २०७४

अर्जुनधारा।

स्थानीयवासीहरुको पहलमा झापाको अर्जुनधारा–९ मा रहेको सडकको विस्तार गरिएको छ ।

सडक विस्तार उपभोक्ता समितिका अध्यक्ष नित्यानन्द बरालको नेतृत्वमा सो सडकको बिस्तार गरिएको समितिका सचिव सिंहबहादुर राईले जानकारी दिए ।
स्थानीयवासीद्वारा संकलन गरिएको ५७ हजार रुपैयाँबाट हाल नालासहित २४ फिट सडक बिस्तार गरिएको सचिव राईले बताए ।

बिस्तार गरिएको सो सडकमा ग्राभेल लगाउन चालू आर्थिक वर्षमा वडा कार्यालयमार्फत् ६० हजार रुपैयाँ बजेट विनियोजन गरिने वडाध्यक्ष पुष्पकुमार प्रसाईंले जानकारी दिए ।

यसैबीच बिस्तार गरिएको सडकको नाम यलम्बर कृषि मार्ग नामकरण गरिएको बताइएको छ । सो सडकबाट छिमेकी बुद्धशान्ति गाउँपालिकाका केही स्थानका अनुमानित सात सय घरधुरीका परिवार समेत प्रत्यक्ष लाभान्वित हुने क्युपेक नेपाल अर्जुनधारा नगर कमिटीका अध्यक्ष एवम् स्थानीय जीतबहादुर कुमालले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 223

प्रतिक्रिया (०)

सम्बन्धित खबर