मोरङ,
मोरङको सुनवर्षी नगरपालिका–९, डाँईनियामा आगो ताप्दै गर्दा शरीरमा आगो सल्किएपछि एक महिलाको ज्यान गएको छ ।
आगो ताप्ने क्रममा शरीरमा आगो लागेर घाइते भएकी स्थानीय ४० वर्षीया गीतादेवी मल्लिकको उपचारका क्रममा ज्यान गएको हो । राति आफ्नै घरको चुल्होमा आगो ताप्दा मल्लिकको शरीमा अचानक आगो सल्किएको थियो ।
आगो लागेपछि घाइते भएकी मल्लिकलाई उपचारका लागि कोशी अञ्चल अस्पताल विराटनगर लगिएको थियो । तर मल्लिाकको राति १ बजे नै ज्यान गएको इलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 372