बिर्तामोड।
नेपालको सडकहरुमा गुड्ने मोटरसाइकल र स्कुटरका लागि सिएट टायर्स नै उपयोगी भएको झापाको बिर्तामोडमा आयोजित कार्यक्रमका सहभागीहरुले बताएका छन् ।
सिएट टायर्सका मेचीका लागि आधिकारिक बिक्रेता कलस इन्टरप्राइजेज बिर्तामोडले आयोजना गरेको सिएट टायर्सको स्पेयर पाट्र्स एण्ड मेकानिक्स मिट कार्यक्रमका सहभागीहरुले यस्तो बताएका हुन् ।
कार्यक्रममा सिएट टायर्सका नेपालका लागि आधिकारिक बिक्रेता एसटीसी अटो प्रालि काठमाडौंका कन्ट्री म्यानेजर रजनिश कुमारले अन्य टायर्सभन्दा सिएट टायर्सले बढी माइलेज दिने, दुई वर्षको शर्तरहित वारेन्टी दिने, हिमाल, पहाड, तराईका जुनसुकै सडकमा गुड्ने सवारीसाधनका लागि उपयोगी र अन्य टायर्सभन्दा सरल मूल्य भएको कारणले व्यवसायीहरुले सिएट टायर्स नै रुचाएको बताए ।
टायर्सका अन्य कम्पनीहरुले डुब्लिकेट टायर्स निकालेर सवारीसाधन प्रयोगकर्ताहरु दुर्घटनामा पर्ने र अन्य समस्यामा पर्ने गरेकोमा सिएट टायर्सको उत्पादनकर्ता आरपीजी गु्रपले भने डुब्लिकेट टायर्स ननिकालेको बताउँदै कन्ट्री म्यानेजर रजनिश कुमारले ढुक्कसँग सिएट टायर्स प्रयोग गर्न व्यवसायीहरुलाई आग्रह गरे । ६० वर्षभन्दा अघि स्थापना भएको आरपीजी गु्रपले स्कुटरदेखि जेसीभीसम्मको सबै साइजको टायरहरु उत्पादन गरेको बताउँदै उनले २४ वर्षदेखि नेपालमा उक्त टायर्सको बिक्री वितरण शुरु गरेको जानकारी दिए ।
कार्यक्रममा टायर्सका स्पेयर पाट्र्स र मोटरसाइकलका मेकानिक्सहरुले सिएट टायर्स उपयोगी भएको बताए । उनीहरुले सिएट टायर्स प्रयोगकर्ताहरुले अहिलेसम्म कुनै प्रकारको गुनासो नगरेको बताए । कार्यक्रममा नेपाल अटो मेकानिक टे«ड युनियनकी झापा अध्यक्ष तथा केन्द्रीय सदस्य निर्मला परियार, नेपाल अटो मेकानिक्स टे«ड युनियन मोटर साइकल इलाका कमिटीका संस्थापक अध्यक्ष दीपेश बस्नेत लगायतले सिएट टायर्स राम्रो भएको प्रतिक्रिया दिए ।
सिएट टायर्सको मेचीका लागि आधिकारिक बिक्रेता कलस इन्टरप्राइजेज बिर्तामोडका सञ्चालक अभिषेक आचार्यले चार वर्षदेखि आफूले सिएट टायर्सको बिक्री वितरण गरेको बताए । कार्यक्रममा एक सय ५० भन्दा बढी स्पेयर पाट्र्स व्यवसायी र मोटरसाइकल मेकानिकको सहभागिता रहेको कलस इन्टरप्राइजेजकी शशी लामिछाने आचार्यले जानकारी दिइन् । कार्यक्रमको सहजीकरण सविन ढुंगेलले गरेका थिए ।