अर्जुनधारा ।

अजुर्नधारा नगरपालिकाका प्रमुख हरिकुमार रानाले जेसीज युवाहरुको ढुकढुकी भएको बताउँदै युवाहरुको आर्थिक उन्नती र युवाहरुलाई नेतृत्व विकास गर्नका लागि ठोस कार्य योजना लिएर अगाडी आए नगरपालिकाले सहयोग गर्न तयार रहने बताएका न् ।

अर्जुनधारा जेसीजको पाँचौँ पदहस्तान्तरण तथा पुरस्कार कार्यक्रमको आइतवार उद्घाटन गर्दै नगर प्रमुख रानाले जेसीजले युुवाहरुलाई लागु पदार्थ दुव्र्यशसनीमुक्त अभियानमा ध्यान पुर्याउन आग्रह गर्दै १८ वर्षदेखि ४० वर्षसम्मका युवाहरुको सामाजिक रुपान्तरणमा सक्रिय सहभागि गराउन आग्रह गरे ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका रानाले अर्जुनधारा नगरपालिकालाई विषाधीमुक्त नगर निर्माण गर्नका लागि नगरपालिका लागिरहेको हुँदा त्यस अभियानमा जेसीजको सक्रिय सहभागिता आवश्यक रहेको बताए ।

पदहस्तान्तरण कार्यक्रममा समाजसेवी स्वग्रीय मोहन काफ्लेलाई मरणोप्रान्त समाजसेवा सम्मान प्रदान गरिएको थियो भने नगर प्रमुख हरिकुमार रानालाई मानार्थ सदस्य प्रदान गरिएको थियो । साविक अर्जुनधाराका इन्र्चाज जनक खड्कालाई पनि सम्मान गरिएको थियो ।
जेसीजका पूर्व उपाध्यक्ष बलदेव गोम्देनलाई नेपाल जेसीजले गरेको सम्मानको सम्मानपत्र प्रदान गरिएको थियो । यसैगरी दाता सम्मानमा सन्तोष रसाइली, जीवन राई, प्रदीप राई, सागर सुब्बा, भगिरथ लुइँटेल, अशोक वान्तवा राईयत दुई दर्जनलाई सम्मान गरिएको थियो ।
यसैगरी, जेसीज अभियानलाई सफल बनाउन सहयोग गर्ने दर्जनौँ व्यक्तिलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा वर्ष २०१७ का अध्यक्ष प्रल्लाहद ढुंङ्गानाले वर्ष २०१८ का अध्यक्ष अजय देवलाई आफ्नो गलामा भएको चेन हस्तान्तरण गरेका थिए । चेन हस्तान्तरण गराउनका लागि संस्थापक अध्यक्ष इन्दिवर खड्का, वर्ष २०१५ का अध्यक्ष दिपिन राई, मातृ शाखाका अध्यक्ष सञ्जु भारतीलगायतले सहयोग गरेका थिए । नवनिर्वाचित अध्यक्ष देवले आफ्नो स्वीरोक्ती मन्तव्य राख्दै आउने दिनमा अर्जुनधारा जेसीजका अग्रजहरुले खेलेको भूमिकाको सम्मान गर्दै भवनलाई पुनः एक तला थपी पूर्णता दिने र सबै जेसीज युवाहरुलाई जेसीजको अभियानमा सँगै लैजाने बताए ।
नवनिर्वाचित अध्यक्ष देवले विभिन्न पदमा मनोनित गरेका छन् । जसको महासचिव देवेन्द्र मैनाली, कानुनी सल्लाहकार सुरेश थापा, कोषाध्यक्षमा जीवन खनाल, बाल संयोजकमा दिप्सन राई, तालिम संयोजकमा उज्जल खरेल, कार्यक्रम संयोजक हिरालाल श्रेष्ठ, कृषि संयोजक रमेश दाहाल, सचिवमा राजन साम्पाङ, सहकोषाध्यक्षमा सुमन राई, वातावरण संयोजक इसान पौडेल, सञ्चार संयोजक उर्मिला दाहाल, लेडी जेसीज संयोजक कल्पना विक, शिक्षा संयोजक वसन्त श्रेष्ठ र स्वास्थ्य संयोजक वसन्त बुढाथोकी रहेका छन् ।
यस अघि निर्वाचन आयुक्त वर्ष २०१६ का अध्यक्ष सादु्रलहाङ् ओलीले कार्यकारीणी उपाध्यक्षमा पीआर गौतम र भाष्कर भट्टराई, उपाध्यक्षहरुम नीसा तामाङ, विकास थापा, निर्मल काफ्ले र उज्जवल खरेल निर्वाचित भएको घोषणा गरेका थिए ।
कार्यक्रममा जेसीजका संस्थापक अध्यक्ष इन्दिवर खड्का, वर्ष २०१५ का अध्यक्ष दिपिन राई, विर्तामोड जेसीजका अध्यक्ष सञ्जु भारती, मानार्थ सदस्य चतुरर्भुज काफ्ले, व्यवसायी दिपेन्द्र ढकाल, शनिश्चरे खानेपानीका अध्यक्ष शंकर सुवेदी, नेपाली कांग्रेसका हेमराज खरेल, एमालेका प्रेमसागर सापकोटा, जनमुक्तिका दिलिप राई, महिला नेतृ कुसुम राई नयाँ शक्तिका देवकला प्रसाई, विर्ता लेडी जेसीजकी नम्रता ढकाल, काङ्ग्रेस नेतृ सस्वती सिटौला गोले, लिला राई, छत्रमणि ढकाल, सरु बुढाथोकी, सरोज ओलीलेगायतल बोलको थिए । कार्यक्रममा शाखाका अध्यक्ष तथा नगर क्षेत्रका सबै वडा अध्यक्षहरुको सहभागिता रहेको २०१७ का महासचिव रागव थापाले बताए ।
कार्यक्रममा स्वस्तिका शिशु सदन, एम्ड एकाडेमी, रुपरन्त बोडिङ सूर्य ज्योति बोडिङ विद्यार्थीहरुको नृत्य रहेको थियो ।देवेन्द्र मैनालीले आस्था वाचन गरेको कार्यक्रमको स्वागत सार्दुलहाङ ओली र सञ्चालन भाष्कर भट्टराईले गरेका थिए । २०१२ स्थापना भएको जेसीज २०१५ मा उत्कृष्ठ शाखा तथ २०१६ मा आफ्नै नयाँ भवन बनाउन सफल भएको थियो ।

