Aamsanchar

हाजिरी जबाफमा धुलावारी प्रथम

Author Image
मङ्गलवार, माघ २३, २०७४

चारआली ।

दशरथ बाल क्बल चारआलीको आयोजनमा भएको काँकरभिट्टा स्रोत केन्द्र स्तरीय अन्तर मावि हाजिरी जबाफ प्रतियोगितामा धुलावारी मावि प्रथम भएको ।

सहिद दशरथ चन्द माविको स्वर्ण महोत्सवको अवसरमा सम्पन्न प्रतियोगितामा बालकल्याण मावि मेचीनगर– दोस्रो र आदर्श मावि इटाभट्टा तेस्रो भएका थिए । प्रतियोगितामा साविक स्रोत केन्द्रका ७ वटा विद्यालयको सहभागिता रहेको थियो । कार्यक्रममा पशुपति माविका शिक्षक केशव पोखरेललाई सम्मान गरिएको थियो ।

स्रोत व्यक्ति लोकबहादुर दाहालको प्रमुख आतिथ्यता तथा बाल क्लबकी अध्यक्ष दुर्गा बुढाथोकीको सभापतत्विमा सम्पन्न कार्यक्रममा विद्यालयका प्रधानाध्यापक रमेश सापकोटा, बालकल्याण माविका शिक्षक देबु बानियाँ, सहभागी विद्यार्थी सैलेश गौतमलगयतले बोलेका थिए ।

कार्यक्रमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण सिग्देल, पूर्व अध्यक्ष हरिचरण बानियाँ, सदस्य पुष्पा बोखिम लिम्बू, शिक्षक अभिभावक संघकी अध्यक्ष रीता रिजाल, विद्यालयका सहायक प्रधानध्यापक केशव पौडेल तथा विभिन्न विद्यालयका शिक्षकहरुको सहभागिता रहेको थियो ।

बाल क्लबका उपाध्यक्ष टिमोथी राङ्कासु राईले स्वागत गरेका थिए । हाजिरी जबाफ प्रतियोगिताको सञ्चालन सरस्वती मावि बाहुनडााडीका शिक्षक केशव पोखरेलले गरेका थिए भने औपचारिक कार्यक्रमको सञ्चालन बाल क्लबका संरक्षक शिक्षक सिताराम रिमालले गरेका थिए ।

Views: 369

प्रतिक्रिया (०)

सम्बन्धित खबर