पोखरा,

भोलि हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि प्रदेश नं ४ मा सम्पूर्ण तयारी पूरा भएको छ ।

बिहान १० देखि अपराह्न ३ बजेसम्म लोक सेवा आयोगको क्षेत्रीय कार्यालयमा हुने निर्वाचनमा स्थानीय तहका प्रमुख÷उपप्रमुख वा अध्यक्ष÷उपाध्यक्षका लागि एक र प्रदेशसभा सदस्यका लागि एक गरी दुईवटा मतदान केन्द्र निर्धारण गरिएको क्षेत्रीय निर्वाचन कार्यालय पोखराका प्रमुख गंगालाल सुवेदीले जानकारी दिनुभयो ।

उहाँका अनुसार राष्ट्रियसभा निर्वाचनका लागि यस प्रदेशका स्थानीय तहका प्रमुख÷उपप्रमुख वा अध्यक्ष÷उपाध्यक्ष गरी १७० जना मतदाता हनुहुन्छ भने प्रदेशसभा सदस्य ६० जना मतदाताका रुपमा रहनुभएको छ ।

दुवै मतदान केन्द्रका लागि आवश्यक सामग्री तथा जनशक्ति व्यवस्थापन कार्य भइसकेको उहाँले जानकारी दिनुभयो । मतदान सकिएर निर्वाचन अधिकृतको कार्यालयमा मतदान सामग्री बुझाएलगतै मतगणना शुरु हुने प्रमुख सुवेदीले जानकारी दिनुभयो ।
यस प्रदेशबाट राष्ट्रियसभामा निर्वाचित हुने कुल आठ (खुल्ला–तीन, महिला–तीन, दलित र अपाङ्गबाट एक÷एक जना) रहेकोमा अपाङ्गतार्फबाट प्रकाश पन्थ निर्विरोध निर्वाचित भइसक्नुभएको छ ।

