(देबु बानियाँ)
काँकभिट्टा ।
काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको फागुन ५ गते हुने निर्वाचनका लागि सोमवार उम्मेद्वारी मनोनयन दर्ता भएको छ ।लोकतान्त्रिक गठबन्धन, बाम गठबन्धन र लिम्बूवान संंघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (लिम्बूवान) ले प्यानल नै तयार गरी उम्मेद्वारी दर्ता गराएका छन् ।
मिनी निर्वाचनका रुपमा हेरिएके यस संस्थाको निर्वाचनका लागि विभिन्न पाटीका नेता तथा कार्यकर्ता उम्मेदवारी दर्ता गर्न संस्थाको कार्यालयमा पुगेका थिए ।लोकतान्त्रिक गठबन्धनमा नेपाली काङ्ग्रेस, संघीय समाजवादी फोरम, राप्रपा नेपाल र नयाँ शक्ति छन । यता बाम गठबन्धनमा नेकपा एमाले र माओवादी रहेका छन् भने लिम्बूवान एकल प्यानलमा आएको छ ।
लोकतान्त्रिक गबन्धनकातर्फबाट अध्यक्षमा हर्क फ्याक, उपाध्यक्षमा शारदाकुमारी पराजुली, सचिवमा दिलिप सुब्बा र कोषाध्यक्षमा दिलिप सुवेदीले उम्मेद्वारी दर्ता गराएका छन् । यसैगरी खुल्ला महिला सदस्यमा जोस्ना राजवंशी र चन्द्रा शाहीले उम्मेद्वारी दिएका छन् । क्षेत्रगत सदस्यहरुमा घनश्याम ढुङ्गाना दिपक उप्रेती र बमबहादुर खड्काले उम्मेद्वारी दिइएका छन् ।
यता बाम गठबन्धनका तर्फबाट अध्यक्ष पदमा ज्ञानेन्द्र घिमिरेको उम्मेद्वारी दिएका छन् ।
एमाले र माओवादीबिच भएको गठबन्धनमा अध्यक्ष बाहेक अन्य सबै पदमा एमालेले उम्मेद्वारी दर्ता गराएको छ ।
उपाध्यक्षका लक्ष्मी काफ्ले, सचिवमा राजकुमार पराजुली र कोषाध्यक्षमा गोविन्द गिरीले उम्मेदवारी दिएका छन् । खुल्ला महिला सदस्यमा अनिता गुरगाई र सीता तामाङले उम्मेदवारी दिएका छन् । क्षेत्रगत सदस्यमा मिलन विक, तिलक तामाङ र त्रिलोचन तिम्सिनाले उम्मेदवारी दिएका छन् ।
लिम्बूवानका तर्फबट अध्यक्ष, कोषाध्यक्ष र एक क्षेत्रगत सदस्यमा मात्र उम्मेदवारी दर्ता गराएका छन् । अध्यक्षमा लिलानाथ आङ्देम्बे, कोषाध्यक्षमा विनोद लिम्बू (याकुम), र क्षेत्रगत सदस्यमा प्रकाश गुरुङले उम्मेदवारी दिएका छन् ।
मनोनयन दर्ताका लागि निर्वाचन समितिले दिइएको २ बजेसम्मको समयमा उनीहरुले २ बज्न १० मिनेट अघि आफ्नो दलका तर्फबाट उम्मेदवारी दिएका हुन् । निर्वाचनका लागि आकाक्षीहरु धेर भएपछि विहानैदेखि विभिन्न छलफल र बैठकको आयोजना गरी उनीहरुले अन्तिम उम्मेदवारको टुङ्गो लगाएका थिए । दलहरु सोमवार दिनभर व्यस्त रहेका थिए ।
काङ्ग्रेसले एक अध्यक्ष, एक कोषाध्यक्ष २ क्षेत्रगत सदस्य र एक महिला सदस्य पदमा उम्मेदवारी दर्ता गराएको छ । संघीय समाजवादी फोरमले एक सचिव एक खुल्ला महिला सदस्य, राप्रपाले उपाध्यक्ष र नयाँ शक्तिले एक क्षेत्रगत सदस्यमा उम्मेदवारी दिएको छ ।
उम्मेदवारी दर्ता गर्नका लागि काङ्ग्रेसका नगर सभापति इन्द्रबहादुर बुढाथोकी, पूर्व सांसद उषा गुरुङ, पुराना नेता तमर राई, तरुण दलका जिल्ला अध्यक्ष गोपाल तामाङ, नगर उपसभापति सुरेन्द्र बुढाथोकी, सचिव हस्त आङ्देम्बे, संघीय समाजवादीबाट उमेश थापा, केवलराम राई,
राप्रपाका नगर अध्यक्ष सुशील आचार्य, सचिव चन्द्र निरौला, नयाँ शक्तिका पुष्प पौडेल पुगेका थिए ।बामगठबन्धनका तर्फबाट युवा संघ नेपालका सचिवालय सदस्य राजु कार्की, एमाले जिल्ला सदस्य लालबहादुर थामी, नगर अध्यक्ष राजु पोखरेल, केन्द्रय कोषाध्यक्ष रोशन अग्रवाल, एमाले नेताहरु प्रितम काफ्ले हरि पराजुली, माओवादी नेता भूपाल ओली, कुन्दन निरौलालगायतको सहभागिता रहेको थियो ।
संस्थामा ५ हजार ४३ सय उपभोक्ता भए पनि निर्वाचनका लागि पुस १२ गतेसम्म फोटो खिचाइएका ग्रहाक र संघसंस्थाका प्रतिनिधि गरी ४ हजार ९ जनाले मतदान प्रक्रियामा भाग लिन पाउने संस्थाका अध्यक्ष सूर्यप्रकाश उप्रेतीले बताए ।
यस अघि फागुन ४ गतेका लागि तयार गरिएको निर्वाचन कार्यक्रम त्यस दिन लोसार पर्व परेकाले एकदिन पछिलाई सारिएको निर्वाचन समितिले जनकारी दिएको छ । निर्वाचन विहान ७ बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन हुने छ ।