विर्तामोड ।

नेपाल यातायात मजदुर संघ जिल्ला कार्य समिति झापाको छैठौँ जिल्ला अधिवेशन शनिवार सम्पन्न भएको छ ।

जामुनखाडीमा सम्पन्न अधिवेशनले विश्वास कास्यपलाई जिल्ला अध्यक्षमा सर्वसम्मत चयन गरेको छ । संघको महिला उपाध्यक्ष सुमित्रा पाठक, खुल्ला उपाध्यक्ष बालकृष्ण श्रेष्ठ, सचिव एलवीन्द्र खत्री, सहसचिव देवनारायण शर्मा, कोषाध्यक्षमा प्रकाश कन्दङ्वा निर्वाचित भएका छन् । सदस्यहरु केशव श्रेष्ठ, मदन सुब्बा, टोमप्रकाश दाहाल, विकास प्याकुरेल र टङ्कबहादुर पाण्डे निर्वाचित भएको निर्वाचन संयोजक जयकुमार दाहालले बताए ।

जिल्ला अध्यक्ष देउमान लिवाङ सभापति

प्रमुख अतिथि नेपाली काङ्ग्रेस जिल्ला उपसभापति राम कट्टेल, नेपाल ट्रेड युनियनका पूर्व केन्द्रीय अध्यक्ष लक्ष्मणहादुर बस्नेत, महासमिति सदस्य देउकुमार थेवे, पार्टीका जिल्ला सचिव प्रेम सम्बाहाम्फे, ट्रेड युनियनका प्रदेश नम्बर १ का अध्यक्ष नारयाण कार्की, ट्रेड युनियनका जिल्ला अध्यक्ष यज्ञप्रताप अधिकारी, नेपाल चिया बगान श्रमिक संघका केन्द्रीय अध्यक्ष दिपक तामाङ, नेपाल यातायात मजदुर संघका केन्द्रीय उपाध्यक्ष बसन्त तिवारी, महासचिव धर्म भण्डारी, दिपक प्रधानलगायतले बोलेका थिए । कार्यक्रमको सञ्चालन जिल्ला सचिव गान्धी भण्डारीले गरेका थिए ।

