Aamsanchar

जवर्जस्ती गर्ने दुई थुनामा

Author Image
बुधवार, माघ २४, २०७४

बिर्तामोड।

मानव बेचबिखन तथा ओसारपसार मुद्दामा पक्राउ परेका होटल सञ्चालक पुर्पक्षका लागि जेल चलान भएका छन् ।

जिल्ला अदालत झापाले मानव बेचबिखन तथा ओसारपसार मुद्दामा पक्राउ परेका राजकुमार सिटौला र रीता भनिने सीता कटुवाललाई पुर्पक्षका लागि जेल चलान गरेको हो ।

कनकाई–४ घर भई अर्जुनधारा–११स्थित बसपार्कमा एवान होटल एण्ड लज सञ्चालन गर्ने ३८ बर्षीय सिटौला र तेह्रथुम आठराई–७ घर भई बसपार्कमै आठराई–पाँचथर होटल एण्ड लज सञ्चालन गर्दै आएकी ३५ बर्षीया कटुवाल पुर्पक्षका लागि जेल चलान भएका हुन् ।

दुई युवतीलाई यौनजन्य क्रियाकलापमा लगाई आर्थिक लाभ लिएको आरोपमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको थियो । सिटौलालाई होटलबाटै पक्राउ गरेको थियो भने कटुवाललाई काठमाडौंबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक जीतेन्द्र बस्नेतले जानकारी दिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 411

प्रतिक्रिया (०)

सम्बन्धित खबर