झापा।

झापामा दिन प्रतिदिन सम्वन्धविच्छेद गर्नेको संख्या बढ्दै गएको छ । जिल्ला अदालत झापाका अनुसार चालू आर्थिक वर्षको माघसम्ममा सम्बन्धबिच्छेदको उजुरी गर्नेको संख्या ३ सय ७५ वटा परेको छ । अघिल्लो आर्थिक वर्ष अदालतमा कूल ६ सय ७१ वटा सम्बन्धबिच्छेदका मुद्दा दर्ता भएका थिए ।

अदालतका शाखा अधिकृत इन्द्रकुमार योङ्हाङका अनुसार सम्बन्धबिच्छेदका मुद्दा लिएर आउनेमा महिला बढी छन् । पहिले मंगोलवर्गका बढी थिए, अहिले क्षेत्री–बाहुन नै बढी आउँछन्– शाखा अधिकृत योङ्हाङले भने ।

आर्थिक वर्षको १ हजार ६ सय ३९ वटा जिम्मेवारी यस आर्थिक वर्षमा आएर थपिएको छ । अहिलेकै अनुपातमा सम्बन्ध विच्छेदका मुद्दा परे यस आर्थिक वर्षमा २ हजार ७ सय ९३ वटा नयाँ मुद्दा पर्ने अदालतको अनुमान छ ।

थपिएको जिम्मेवारी समेत गरी चालू आर्थिक वर्षमा ४ हजार ४ सय ३२ वटा मुद्दा पर्ने सम्भावना रहेको योङ्हाङले बताए । अदालतले यस आर्थिक वर्षमा २ हजार ८ सय ८१ (६५ प्रतिशत) मुद्दा फछ्र्यौट गर्ने लक्ष्य लिएको छ ।

