[युद्धबहादुर बोहोरा]
इलाम।
गरिबीको रेखामुनी रहेका जनतालाई माथि उकास्ने, जनतालाई स्वास्थ सुविधा दिने, समावेशी व्यवहार गर्ने आदि आश्वासनसहित राजनीतिक होडबाजीको एजेण्डाले अघि बढेको हाम्रो देश अझै इथोपिया र सोमालियाका जनताको अवस्थाभन्दा गुज्रिएको भएको छ ।
प्युठान नौबहिनी गाउँपालिका–४, झरिबङ्ग निवासी बुबा तोपे र आमा दुर्गा रोक्काको साइँला छोरा ११ वर्षीय बुद्ध रोक्काको दुई वर्षअघि फुटेको आँखाको अहिलेसम्म उपचारको पत्तो छैन ।
चार छोरासहित छ जनाका परिवार सबैजसो सुस्त मनस्थितिका छन् । ती निमुखा परिवारलाई मद्दत गर्ने सहयोगी हातहरुको यसबेला खाँचो छ ।
आर्थिक अभावका कारण उनको उपचारमा कठिन भएकोले सोही गाउँका स्थानीय समाजसेवी पृथ विक अहिले आर्थिक सहयोग जुटाउने पहलमा अग्रसर भएका छन् । उनले रोक्काको उपचारमा सहयोग गर्न चाहने दाताहरुलाई मोबाइल नं. ९८०९५३५९८१ र ९८०८६१९९१३ मा सम्पर्क गर्न आग्रह गरेका छन् ।
आर्थिक अभावकै कारण अहिलेसम्म रोक्काको आँखाको उपचार नभएपछि मानवीय सहयोगले आर्थिक सहयोग जुटाएर रोक्काको आँखाको उपचार गर्न आफूले पहल शुरु गरेको उनले बताए । सबैको सहयोग पाए उचित ठाउँमा उनको उपचारको लागि पुर्याउन सकिने विकले बताए ।
रोक्काको उपचारका लागि आर्थिक सहयोग जुटाउँदै हिँडेका विकले यस्ता गरीब तथा विपन्न वर्गका बालबालिकाहरुको उपचार गर्न सरकारसँग आग्रह गरेका छन् ।