Aamsanchar

गाउँपालिकाको नाम परिवर्तन

Author Image
बिहिवार, माघ २५, २०७४

लहान,

सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकाको पहिलो गाउँसभाले गाउँपालिकाको नाम संशोधन गरी ‘बाबा हरिसिंह देव गाउँपालिका’ नामाकरण गर्ने निर्णय गरेको छ ।

परापूर्वदेखि नै यो क्षेत्र हरिहरसिंह देवको नामले चिनिने भएकाले गाउँसभामार्फत गाउँपालिकाको नाम संशोधन गरी ‘बाबा हरिसिंह देव गाउँपालिका’ नामाकरण गर्ने निर्णय भएको गाउँपालिका अध्यक्ष रामबल्लभ साहले जानकारी दिनुभयो ।

यस्तै गाउँसभाले आर्थिक वर्ष २०७४÷०७५ का लागि रु २६ करोड ४३ लाख ६८ हजार ४८४ बजेट पारित गरेको छ ।

Views: 128

प्रतिक्रिया (०)

सम्बन्धित खबर