Aamsanchar

नामिबियामाथि नेपालको संघर्षपूर्ण जित : एक विकेटले विजयी

Author Image
बिहिवार, माघ २५, २०७४

काठमाडौं :

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन दुईअन्तर्गत उद्घाटन खेलमा नामिबियाले दिएको १३९ रनको लक्ष्य पछ्याएको नेपालले सघर्षपूर्ण जित दर्ता गरेको छ ।  अन्तिम ओभरको चार बल बाँकी हुँदा नेपाले एक विकेटको जित दर्ता गरेको हो ।

पहिलो ब्याटिङ गरेको नामिबियालाई नेपालले ३४.२ ओभरमा अलआउट गरेको थियो । नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक चार विकेट लिए। सोमपाल कामी तीन, बसन्त रेग्मी, पारस खड्का र शरद भेषावकर एकएक विकेट लिए।

नामिबियाले दिएको १ सय ३९ रनको लक्ष्य नेपालले ९ विकेट गुमाएर पूरा गरेको हो । अन्तिम ओभरमा नेपालले १३ रन जोडेर जित सुनिश्चित गरेको हो बसन्त रेग्मीले ४९ औं ओभरमा एक छक्का प्रहार गरे । ५० औँ ओभरमा बसन्तले पहिलो बलमा दुई रन बनाए भने दोस्रो बलमा चौका प्रहार गर्दै स्कोर बराबरी बनाए । अन्तिममा नामिबियाका बलरले वाइड बल फालेपछि चार बल हुँदै नेपाल एक विकेटले विजयी भएको हो ।-अन्नपूर्णबाट

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 151

प्रतिक्रिया (०)

सम्बन्धित खबर