Aamsanchar

बिर्तामोड नगरपालिकाको वजेट सार्वजनिक

Author Image
शुक्रवार, माघ २६, २०७४

 
विनोद पाण्डे (कमल)
चारपाने, माघ २६ ।  झापाको बिर्तामोड नगरपालिकाले आर्थिक बर्ष ०७४/७५ को नगर विकास योजना सहितको बजेट सार्वजनिक गरेको छ । 
नगरपालिकाले शुक्रबार चारपानेस्थित साड्डवेद संस्कृत विद्यालयको प्राङगडमा आ.व. ०७४/७५ का लागि ७३ करोड ४६ लाख ३० हजार चारसय ६१ रुपैया बरावरको बजेट सार्वजनिक गरेको हो । 
 विषाधी मुक्त , पूर्ण खोपयुक्त , पूर्ण साक्षरता युक्त खुल्ला दिशा मुक्त, प्लास्टिक झोला मुक्त, अपाड्ड मैत्री नगर, बालमैत्री शासनयुक्त, लैगिंकमैत्री, टुकीमुक्त बिर्तामोड नगरबनाउने  योजना तथा निती अघि सारेको छ  । 

नगरपालिकाले आम्दानीतर्फ आन्तिरिक आय छ करोड ५७ लाख चार हजार तिन सय ८४ रुपैया ७० पैसा, राजस्व बाडफाडवाट दुई करोड, गतबर्षको मौजात पा“च करोड ५२ लाख ५२ हजार सात सय १५ रुपैया“ ३० पैसा, नेपाल सरकार वित्तिय समानिकण वाट २८ करोड ९६ लाख ८७ हजार, सडक वोर्डवाट ३५ लाख, नेपाल सरकार सर्शत अनुदान वाट ११ करोड ५४ लाख ५४ हजार, स्थानिय शासन सामुदायिक  कार्यक्रमवाट १३ लाख १७ हजार, योजना लागत सहभागितावाट चार करोड ५५ लाख ८० हजार एक सय र शिक्षा तथा स्वास्थ्य अपुग रकम माग चार करोड ९५ लाख ३१ हजार दुई सय ६१ रुपैया गरि ७३ करोड ४६ लाख ३० हजार चार सय ६१ रुपैया आम्दानी गर्ने नगर प्रमुख ध्रुबकुमार शिवाकोटीले प्रस्तुत गरेको प्रतिवेदनमा उललेख छ । 
त्यसैगरी खर्चतर्फ प्रशासनिक छ करोड १७ लाख ५० हजार, पूर्वाधार निर्माणतर्फ २७ करोड ८८ लाख ५० हजार, मेशनरी औजार खरिद चार करोड, गत वर्षको भुक्तानी दायित्व दुई करोड, कार्यक्रम खर्चमा १ करोड ९० लाख ५० हजार, शिक्षातर्फ १३ करोड ७३ लाख ७५ हजार दुई सय ६१, स्वास्थ्य तर्फ ४ करोड ६२ लाख ७५ हजार, पशुमा एक करोड ७५ लाख ४४ हजार दुई सय, कृषिमा एक करोड ५६ लाख ८५ हजार,  स्थानिय शासन सामुदायिक विकास कार्यक्रममा १३ लाख १७ हजार, सामाजिक सुरक्षा भत्तामा आठ करोड ८६ लाख चार हजार र कार्यक्रम संचालन तर्फ ८१ लाख ८० हजार बजेट विनियोजन गरेको छ । 
नगर प्रमुख शिवाकोटीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि झापा क्षेत्र नं. २ का सांसद पवित्रा निरौला खरेल रहेकी थिईन । नगर उपप्रमुख पवित्रादेवी हमतराले स्वागत गरेको कार्यक्रममा विशेष अतिथि प्रदेश नं. १ का सांसद एकराज कार्की, जसमाया गजमेर, विमला विक, धर्मगुरु किशोर गौतम, जिल्ला समन्वय समितिका सभापति सोमनाथ पोर्तेत त्यसैगरी  नेकपा एमाले विर्तामोड नगर अध्यक्ष ज्ञानुराम मैनाली, नेपाली काग्रेस नगर सभापति भोजराज सिटौला, माओवादी केन्द्रका नगर अध्यक्ष अरुण श्रेष्ठ कुवेर, बिर्तामोड उद्योग बाणिज्य संघका अध्यक्ष कुमार भट्टराई, विर्तामोड वडा नं. २ का अध्यक्ष नगेन्द्रप्रसाद संग्रौला, जिल्ला ट्राफिक प्रहरी कार्यलय झापाका प्रमुख राजेस राई लगायतको आतिथ्यता रहेको थियो । 
 
कार्यक्रममा वडा नं. २ मा रहेको धार्मिक स्थल विवेकाश्रममा एक करोड ५० लाखको लागतमा भवन तथा मंदिर निर्माण कर्ता बाशुदेव र निलु केसीलाई नगरपालिकाले अभिन्दिन समेत गरेको नगर पालिकाका प्रवक्ता, वडा नं. १ का अध्यक्ष अग्नीप्रसाद पाण्डेले जानकारी दिए । कार्यक्रमको संचालन नगरपालिकाका सचिव मेघराज बास्तोलाले गरेको थिए । 

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 238

प्रतिक्रिया (०)