Aamsanchar

पाँचथर सदरमुकाम फिदिममा आगलागी

Author Image
शुक्रवार, माघ २६, २०७४

फिदिम :

फिदिम बजारको एक घरमा शुक्रबार दिउँसो आगलागी भएको छ। बजारको बुद्ध मार्गस्थित सूर्य निरौलाको घरमा विद्युत् सर्ट भई आगलागी भएको हो। पक्की घरको छतमा जस्तापाले बारेर बनाएको छाप्रोबाट आगलागी सुरु भएको थियो।

बाक्लो बजारबीच घरबाटै आगलागी सुरु भएपछि बजारभरिका मान्छे आत्तिएका थिए। स्थानीय बासिन्दा, जनपथ प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेनाको टोलीले आगो नियन्त्र गरेको छ। दम्कलको सहयोगमा आगो नियन्त्रणमा आएको हो।

आगलागीबाट निरौलाको १० लाख बराबरको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक वामदेव गौतमले जानकारी दिए। समयमै आगो नियन्त्रणमा लिएकाले फिदिम बजार ठूलो आगलागीबाट बचेको प्रहरीले भनाइ छ।

Views: 142

प्रतिक्रिया (०)

सम्बन्धित खबर