Aamsanchar

राष्ट्रियसभा सदस्य निर्वाचनको नतिजा औपचारिक रुपमा सार्वजनिक

Author Image
शुक्रवार, माघ २६, २०७४

काठमाडौँ,

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनको मतपरिणाम सहितको प्रतिवेदन आगामी आइतबार पेश गर्ने भएको छ ।

आयोगका सचिव वेगेन्द्रराज शर्माले निर्वाचन आयोगमा आयोजित पत्रकारसम्मेलनमा राष्ट्रियसभा सदस्यमा राजनीतिक दलले प्राप्त गरेको सिट संख्याबारे आज औपचारिक जानकारी दिँदै उक्त कुरा बताउनुभएको हो ।

उहाँका अनुसार, राष्ट्रियसभा सदस्यमा २१ महिला र ३५ जना पुरुष निर्वाचित हुनुभएको छ । संघीय संसद्को माथिल्लो सदनका रुपमा रहेको राष्ट्रियसभा सदस्यको निर्वाचन यही माघ २४ गते भएको थियो । उक्त निर्वाचनमा नौ राजनीतिक दलले भाग लिएकामा नेकपा एमालेका ११, नेपाली काँग्रेसका ६, माओवादी केन्द्रको तीनजना महिला निर्वाचित हुनुभएको छ ।

राष्ट्रियसभा सदस्यमा नेकपा एमाले २७, नेपाली काँग्रेस १३, नेकपा माओवादी केन्द्र १२, राष्ट्रिय जनता पार्टी दुई र संघीय समाजवादी पार्टी नेपाललका दुईजना उम्मेदवार निर्वाचित हुनुभएको हो ।

मुलुक प्रत्येक प्रदेशबाट तीन महिला, एक दलित, एक अपांगता वा अल्पसंख्यकसहित आठ जनाका दरले राष्ट्रियसभामा प्रतिनिधित्व हुने संवैधानिक व्यवस्था रहेको छ । ५९ सदस्यीय राष्ट्रियसभामा तीन जनालाई भने सरकारको सिफारिशमा राष्ट्रपतिबाट मनोनयन हुनेछ ।

Views: 129

प्रतिक्रिया (०)

सम्बन्धित खबर