बाहुनडाँगी ।

सरस्वती इको बाल क्लब मेचीनगर ४ बाहुनडाँगीको आयोजनामा भएको मेचीनगर स्तरीय अन्तर मावि प्रतियोगितामा धुलावारी मावि प्रथम भएको छ ।

सरस्वती माविको हीरक महोत्सवको उपलक्ष्यमा भएको प्रतियोगितामा बालकल्याण मावि मेचीनगर–५ दोस्रो, भानु मावि मेचीनगर–२ तेस्रो र सरस्वती मावि सान्तवना भएका थिए ।प्रतियोगिता नगरका ७ वटा विद्यालयको सहभागिता रहेको थियो । कार्यक्रममा हाजिरीजबाफ प्रतियोगिताका सञ्चालन केशव पोखरललाई सम्मान गरिएको थियो ।

बाहुनडाँगी स्रोत केन्द्रका स्रोत व्यक्ति दीपेन्द्र कन्ङ्गवाको प्रमुख आतिथ्यता तथा बाल क्लबकी अध्यक्ष रीना दर्जीको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रधानाध्यापक भीमकुमार श्रेष्ठ, बालकल्याण माविका शिक्षक देबु बानियाँ, क्लबकी संरक्षक शिक्षक नमुना निरौला दाहाललगायतले बोलेका थिए । कार्यक्रममा शिक्षक अभिभावक संघका अध्यक्ष लिलाकुमार अधिकारी, सहायक प्रधानाध्यापक रमेशराज निरौला, घनश्याम खनाल, धुलावारी माविका शिक्षक चेतनाथ बाँस्तोला, उमेद साहुलगायतको सहभागिता रहेको थियो ।

क्लबकी सदस्य पूर्णिका अधिकारीले स्वागत गरेको कार्यक्रमको सञ्चालन शिक्षक महेन्द्र घिमिरे र विक्रम थापाले गरेका थिए ।

