Aamsanchar

जिप्रकामा आधुनिक सूचना प्रणाली

Author Image
शनिवार, माघ २७, २०७४

भोजपुर, 

जिल्ला प्रशासन कार्यालयमा आधुनिक सूचना प्रणाली जडान गरिएको छ ।

सेवाग्राहीलाई कार्यालयका सबै खालका सेवा तथा सूचना सहज रुपमा दिने उद्देश्यले सूचना प्रणाली जडान गरिएको सहायक प्रजिअ उपेन्द्र न्यौपानेले जानकारी दिनुभयो ।

सूचना प्रणालीबाट कार्यालयको विविध सूचना, नागरिक बडापत्रलगायतबारे सेवाग्राहीले सहज रुपमा जानकारी लिन सक्ने सहायक प्रजिअ न्यौपानेको भनाइ छ । सेवा प्रवाह तथा सूचना प्रणालीलाई अझ सहज बनाउन आगामी दिनमा मोबाइल एप्लिकेसनसमेत सञ्चालनमा ल्याइने तयारी भइरहेको बताइएको छ ।

Views: 348

प्रतिक्रिया (०)

सम्बन्धित खबर