Aamsanchar

धुलावारी र भद्रपुर जेसीजको तालिम

Author Image
शनिवार, माघ २७, २०७४

मेचीनगर ।

धुलावारी जेसीजको लोकल अग्रनाइजेसन मेम्बर (लोम) अफिसर ट्रेनिङ शनिवार धुलावारीमा सम्पन्न भएको छ ।जेसीजको आयोजनामा मेची उद्योग वाणिज्य सङ्घको सभाहलमा सम्पन्न ट्रेनिङमा मेचीनगरका ४ वटा जेसीजका वर्ष २०१८ का बोर्डका करिब ४० जना सदस्यहरु सहभागि थिए ।

नेपाल जेसीज वर्ष २०१७ का एरिया ए का टे«ेनिङ कोअडिनेटर तथा नेपाल जेसीजका ट्रेनर केदार भण्डारीले सहभागिलाई प्रशिक्षण दिएका थिए ।

मेची उद्योग वाणिज्य संघका महासचिव ऋषीराज तिम्सिनाको प्रमुख आतिथ्यता तथा धुलावारी जेसीज वर्ष २०१८ अध्यक्ष नारायण खनालको सभापतित्वमा सम्पन्न कार्यक्रमको प्रकाश तालिम संयोजक पारस दाहालले पारेको थिए ।

कार्यक्रम संयोजक आस्मा चापागाईले स्वागत गरेको कार्यक्रमको सञ्चालन महासचिव रोषन रिजालले गरेका थिए ।यसैगरी भद्रपुर जेसीजको आयोजनामा शनिवार अभिमुखीकरण तालिम सम्पन्न गरेको छ ।

वीरेन्द्र माविमा आयोजित कार्यक्रममा जेसीजका वर्ष २०१८ का बोर्डका पदाधिकारीहरुलाई तालिम दिइएको थियो ।उनीहरुलाई नेपाल जेसीज वर्ष २०१७ का महासचिव भरत प्रसाई र जेसीजका पूर्व अध्यक्ष विजय तिम्सिनाले प्रशिक्षण गरेका थिए ।

वर्ष २०१८ का अध्यक्ष सोमप्रसाद ढुङ्गेलको सभापतित्वमा सम्पन्न कार्यक्रमको स्वागत तालिम संयोजक नविन गेलालले गरेका थिए भने महासचिव हरि कोइरालाले सञ्चालन गरेका थिए ।

Views: 398

प्रतिक्रिया (०)

सम्बन्धित खबर