चारआली ।

मेचीनगरस्तरीय साँस्कृतिक नृत्य प्रतियोगिताको उपाधि हिमालयन इङ्लिस एकाडेमी सेकेण्डरी स्कुल उचालेको छ ।

सहिद दशरथ चन्द मावि मेचीनगर–१३ चारआलीको स्वर्ण महोत्सवको समापनको अवसरमा आयोजित नगरस्तरीय प्रतियोगितामा ९ वटा विद्यालयलाई पछि पार्दै हिमालयनले उपाधि जितेको हो । जितसँगै हिमालयनले नगद १० हजार, ट्रफी र प्रमाण पत्र पाएको छ ।

प्रतियोगितामा काँकरभिट्टा मावि दोस्रो भएको छ । काँकरभिट्टाले नगद ७ हजार र ट्रफी र प्रमाण पत्र पाएको छ । सिताराम सामुदायिक विद्यालय तेस्रो हुँदै नगद ५ हजार ट्रफी र प्रमाण पत्र प्राप्त ग¥यो ।प्रतियोगितामा नेपाली लोक संस्कृति झल्कने नृत्यहरु प्रस्तुत गरिएको थियो । प्रतियोगितामा सहभागि विद्यालयलाई मायाको चिनो र प्रमाण पत्र प्रदान गरियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णराज सिग्देलको सभापतित्व तथा मेचीनगर शिक्षा अधिकारी उद्धव विष्टको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा पूर्व प्रधानाध्यापकद्धय हरिचरण बानियाँ, माधव प्याकुरेल, शिक्षक अभिभावक सङ्घकी अध्यक्ष रिता प्याकुरेललगायतले बोलेका थिए ।
प्रतियोगितामा सहभागिलाई प्रधानाध्यापक रमेशकुमार सापकोटाले धन्यवाद दिएका थिए । कार्यक्रमको सञ्चालन सहयाक प्रधानाध्यापक लेखनाथ पौडेले (केशव) ले गरेका थिए ।

