Aamsanchar

आगलागीबाट दुई घर जलेर नष्ट

Author Image
शनिवार, माघ २७, २०७४

भोजपुर, 

भोजपुरको उत्तरी साल्पासिलिछो–२ कुलुङको दागवेलामा आगलागी भएको छ ।

शनिबार अपराह्न स्थानीय सदरसिंह राईको घरमा आगलागी भएको हो । आगलागीबाट राईको घरमा रहेको आधा तोला सुन, रु ४५ हजार नगद र घर पूर्णरुपमा जलेर नष्ट हुँदा रु चार लाख २५ हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक चरित्रविक्रम कार्कीले जानकारी दिनुभयो । आगो स्थानीयबासी र प्रहरीले नियन्त्रणमा लिएका थिए ।

यस्तै, रामप्रसाद राई गाउँपालिकाको मानेभञ्ज्याङमा गएराति मंगलसिंह कार्कीको घरमा आगलागी हुँदा रु ९० हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

Views: 108

प्रतिक्रिया (०)

सम्बन्धित खबर