(पुष्पा लिम्बु)

बिर्तामोड ।

झापाको शिवसत्ताक्षी १ मा रहेको नाम्बिन बोर्डिङ स्कुलले एकदिने अभिभावक गोष्ठि शनिबार सम्पन्न गरेको छ ।

अभिभावकलाई घरमै बालमैत्री बाताबरण कसरी सिर्जना गर्ने र बालबालीकालाई बिद्यालय तथा समाजसँग कसरी घुलमिल गराउने लगायतका बिषयमा प्रशिक्षण समेत दिइएको थियो ।

प्रशिक्षक टिका लामिछानेले सहजीकरण गर्नुभएको कार्यक्रममा बिद्यालयका प्रधानाध्यापक निराजन ओली , ईञ्जार्च पूर्ण लकान्द्री , अक्सफोर्ड एकाडेमीका प्रबन्ध निर्देशक केशव मैनाली , सुलभ मैनाली लगायतले बालबालीकालाई बालमैत्री बाताबरण निर्माणका लागी अभिभावक स्वयम सचेत बन्नुपर्ने धारणा राख्नुभएको थियो । प्रशिक्षक लामिछानेको प्रमुख आतीथ्य तथा बिद्यालयका प्रधानाध्यापक ओलीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सय जना बढि अभिभावकहरुको उपस्थिीति रहेको थियो
। पछिल्लो समय बिद्यार्थीहरुको सम्पुर्ण जीम्मेवारी बिद्यालयको मात्र हो भन्ने अभिभावकहरुको सोचाईलाई फराकिलो बनाउन तालीम आयोजना गरीएको प्रधानाध्यापक ओलीले बताउनुभयो । बिद्यार्थीहरुको पहिलो पाठशाला आफ्ना घर परीवार र शिक्षक अभिाभावक स्वयम भएकाले घरको बातारण राम्रो भए उनीहरुको भबिष्यमा पनि सकारात्मक प्रभाव पार्न मद्धत पुग्ने कुरा तालीमपश्चात अवगत भएको अभिाभावकहरुले प्रतिक्रीया दिएका छन् ।
गोष्ठिको प्राबिधीक सहयोग अक्सफोर्ड एकाडेमी सेन्टर बिर्तामोडले गरेको थियो ।

