Aamsanchar

इ-सेवाले सेवाग्राहीलाई सहजता

Author Image
आइतवार, माघ २८, २०७४

(सुरेन्द्र भण्डारी)

झापा ।

नेपाल विद्युत प्र्राधिकरणले विद्युत महसुल अनलाइनबाटै तिर्न सकिने व्यवस्था मिलाएपछि झापाका ग्रामीण भेगका सेवाग्राहीलाई समेत सहजता भएको छ ।

प्रधिकरणले इ वैकिङ सेवा सुचारु गरेसंगै इन्टरनेटको पहुँच भएका क्षेत्रका सेवाग्राहीले अनलाइनबाटै विद्युत् महसुल भुक्तानी गर्न सक्ने भएपछि सेवाग्राहीलाई सहजता भएको हो । प्राधिकरणले अनलाइन सेवा सुरु गरेपछि सेवाग्राहीले अब प्राधिकरणसम्म आएर विद्युत महसुल वुझाउन लाइन बस्नु पर्दैन नेपाल विद्युत प्राधिकरण दमक बितरण केन्द्रका केन्द्र प्रमुख राजीवकुमार सिंहले भन्नुभयो–‘हाम्रो यो सेवाले सेवाग्राहीको समय र पैसा दुबै बचत हुन्छ ।’

विद्युत् महसुल अनलाइनबाटै तिर्ने तिर्न सकिने व्यवस्था प्राधिकरणले मिलाएपछि विद्युत् महसुल अनलाइनबाटै तिर्ने ग्राहकको संख्या झापामा बढ्दै गएको छ । झापामा गत मंसीर ३ गतेबाट सुरु भएको अनलाइन भुक्तानी सेवामार्फत २५ लाख १० हजार ७ सय ६० रुपैयाँ दमक वितरण केन्द्रको खातामा मात्रै जम्मा भएको केन्द्र प्रमुख सिंहले बताउनुभयो ।

दमक बितरण केन्द्र सहित अहिले झापामा अनारमनी, भद्रपुर, धुलावारीमा पनि अनलाइन सेवा सुरु भएको छ ।

विद्युत चोर्नेलाई १५ लाख जरिवाना

नेपाल विद्युत् प्राधिकरण दमक बितरण केन्द्रले विद्युत चोरीमा सम्लग्नलाई कारवाही गर्दा १५ लाख बढी राजश्व संकलन भएको छ ।

मिटर बाइपास र हुकिङ गरी विद्युत चोरी गर्नेको पहिचान गरी कारवाही गर्दा ५ महिनाको अवधिमा ७५ जना कारबाहीमा परेको वितरण केन्द्र प्रमुख सिंहले बताउनुभयो । सिंहका अनुसार गत भदौदेखि पुससम्म कारबाहीमा परेकाहरुबाट प्राधिकरणले १५ लाख ५२ हजार ८ सय १९ रुपैयाँ असुल गरेको छ ।

प्राधिकरणले विद्युत चुहावट नियन्त्रण अभियान तीव्र पारेसंगै विद्युत् चुहावट दर १९.५ प्रतिशतमा झरेको केन्द्र प्रमुख सिंहको भनाई छ । दमक वितरण केन्द्र अन्तर्गत ७३ हजार ५ सय ग्राहक छन् । आर्थिक वर्ष २०७३ ÷०७४ मा २३.४१ प्रतिशत रहेको चुहावट दर चालू आर्थिक वर्षको अन्त्यसम्ममा १८.८४ प्रतिशतमा झार्ने लक्ष्य राखिएको केन्द्र प्रमुख सिंहको भनाई छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 136

प्रतिक्रिया (०)

सम्बन्धित खबर