Aamsanchar

हिमालयनले गर्यो विद्यार्थी स्वागत

Author Image
आइतवार, माघ २८, २०७४

झापा ।

हिमालयन मल्टिपल कलेज धुलाबारीले नयाँ विद्यार्थीहरुलाई स्वागत गरेको छ । मेचीनगर ९ धुलाबारी स्थित हिम्मत हिमालयन फाउण्डेसनले आज कक्षा ११, विविएस तथा विए प्रथम वर्षका विद्यार्थीहरुलाई स्वगत गरेको हो ।

स्वागत कार्यक्रममा फाउण्डेसनका विद्याथीहरुले नृत्य, गायन, कविता वाचन लगायतका अन्य सांस्कृतिक कार्यक्रमहरु गरेका थिए । हिमालयन फाउण्डेसन मेचीनगरकै एकमात्र कक्षा नरसरी देखी स्नतकसम्म अध्यापन हुने निजि प्रतिष्ठान हो ।

स्वागत कार्यक्रमको अवसरमा कार्यक्रमका प्रमूख अतिथि तथा क्याम्पसका निर्देशक दिपक भण्डारीले विद्याथीहरुलाई स्वागत गर्दै हिमालयन दिनानुदिन परिपक्क बन्दै गएको बताउनु भयो । उहाँले विगदमा विद्यार्थी नहुने सम्झदै अबका दिनमा विद्यालयले भर्ना बन्द गर्नु पर्ने अवस्था आएकोमा सबै अभिभावक तथा विद्यार्थीहरुलाई धन्यवाद पनि दिनुभएको थियो ।

सोहि अवसरमा विविएस दोस्रो वर्षको परिक्षामा उत्कृष्ट अंक ल्याउने समिर क्षेत्री र विए दोस्रो वर्षमा उत्कृष्ट अंक ल्याउने डेनी न्यौपानेलाई पुरस्कार समेत वितरण गरिएको थियो ।

उत्तम राजवंशीले स्वातग गरेको कार्यक्रममा क्याम्पस प्रमूख मिलनकुमार ढुङ्गाना, प्रिन्सिपल भाष्कर निरौला लागयतले बोल्नु भएको थियो । शिशिर चम्लागाईको सभापतित्व रहेको उक्त कार्यक्रमको सञ्चालन समिर क्षेत्री, आस्मा पौडेल, विशाल काफ्ले, शरन बानियाँ र दुर्गा शाक्यले गरेका थिए ।

Views: 240

प्रतिक्रिया (०)

सम्बन्धित खबर