Aamsanchar

नेपाल निर्माण तथा सम्बद्ध श्रमिक संघको नयाँ नेतृत्व

Author Image
सोमवार, माघ २९, २०७४

बिर्तामोड।

नेपाल निर्माण तथा सम्बद्ध श्रमिक संघको छैठौं जिल्ला अधिवेशनबाट सम्फी दासको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको छ ।

नेपाली कांग्रेस झापाका सभापति उद्वव थापाको प्रमुख आतिथ्यमा भएको अधिवेशनबाट नयाँ नेतृत्व चयन भएको हो ।

समितिको उपाध्यक्षमा विनोदकुमार लिङखिम लिम्बू, महिला उपाध्यक्ष प्रेक्षा बुढाथोकी, सचिवमा सञ्जय शेख, सहसचिवमा प्रभूलाल राजवंशी र कोषाध्यक्षमा सिसलाल राजवंशी चयन भएका छन् । समितिको सदस्यमा रुद्र निरौला, कमल कार्की, मो.समिन, सोम मुर्मू, महलाल राजवंशी र महिला सदस्यमा बन्दना चौधरी चयन भएका छन् । निर्वाचन समिति संयोजकमा जयकुमार दाहाल रहेका थिए ।

अधिवेशनमा नेपाली कांग्रेस झापाका सचिव प्रेम सम्वाहाम्फे, महासमिति सदस्य देउमान थेवे, वरिष्ठ जिल्ला सदस्य भगीरथ पोद्दार, चिया बगान श्रमिक संघका केन्द्रीय अध्यक्ष दिपक तामाङ, नेपाल ट्रेड युनियन कांग्रेस झापाका अध्यक्ष यज्ञप्रताप अधिकारी, काउन केन्द्रीय वरिष्ठ उपाध्यक्ष नुर महम्मद, काउन केन्द्रीय उपाध्यक्ष बुद्धी पाण्डे, टे«ड युनियन कांग्रेसका उपाध्यक्ष गंगाराम ओडारी लगायतले बोलेका थिए ।

कार्यक्रमको सञ्चालन सञ्जय शेखले गरेका थिए ।

Views: 159

प्रतिक्रिया (०)

सम्बन्धित खबर