बिर्तामोड ।


नेपाल स्वस्थ्यकर्मी संघ झापाले आज नेपालीहरुको महान चाड महाशिवरात्रीको अवसरमा भक्तजनहरुका लागि निस्शुल्क प्राथमिक उपचार डेस्क स्थापना गरेको छ ।

नेपाल स्वास्थ्यकर्मीसंघका जुझारु र क्रियाशिल सदस्य राम मगरको संयोजकत्वमा संचालित उक्त फस्ट एड एण्ड काउन्सेलिङ हेल्थ डेस्कमा स्वास्थ्यकर्मीद्धरा ईच्छुक भक्तजनहरुको रक्तचाप जांच र निस्श्ुल्क स्वास्थय परामर्श तथा सामन्य अौषधि समेत बितरण गरिएको थियो ।

मेचिनगर नगरपालिकाको ईट्टाभट्टा चोक उत्तर घैलाडुब्बा भन्ने स्थानमा रहेको घैलाडुब्बा शिव मन्दिर परिषरमा रहेको उक्त हेल्थ डेस्कबाट सयौका संख्यामा मन्दिर दर्सन गर्न आउने भक्तजनहरु लाभान्वित भएका थिए।


Views: 196

