बाहुनडाँगी ।
धुलावारी फुटबल ट्रेनिङ सेन्टर नव ज्योति युवा क्लब मेचीनगर ३ बडाखालले आयोजना गरेको जिल्ला स्तरीय फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
बिहिवार नव ज्याति निमाविको खेल मैदानमा सम्पन्न पहिलो सेमीफाइनल खेलमा आयोजक क्लबलाई २–० को गाल अन्तरले हराउँदै धुलावारीले फाइनलको यात्रा तय गरेको हो । जीतका लागि खेलको ३६ मिनेटमा विकास राई र ४७ औँ मिनेटमा गणेश हेमरुनले गोल गरेका थिए ।
खेलको म्यान अफ द म्याच धुलावारीका गणेश हेमरुन भए । उनलाई क्लबका सल्लाहकार धनबहादुर अधिकारी र क्लबका अध्यक्ष भवानी गिरीले नगद पुरस्कार प्रदान गरेका थिए ।
शुक्रवार हुने पहिलो सेमीफाइनल खेल विर्तामोड युनाइटेड क्लब र धाइजन चारआलीबिच हुने आयोजक समितिका सचिव सुमन थापाले बताए ।
७ गते हुने फाइनल खेलको विजेताले नगद ५१ हजार र उपविजेता हुने टिमले नगद ३१ हजार प्राप्त गर्ने क्लबका पूर्व अध्यक्ष राजकुमार रायाले बताए ।