Aamsanchar

इटहरीबाट पेस्तोलसहित २ पक्राउ

Author Image
शनिवार, फागुन ५, २०७४

सुनसरी :

इलाका प्रहरी कार्यालय इटहरीले अमेरिकन पेस्तोलसहित २ जनालाई पक्राउ गरेको छ।

सादा पोसाकमा खटिएको प्रहरीको टोलीले इटहरी–५ जनताबस्तीबाट ९ एमएमको एक राउण्ड गोली र पेस्तोलसहित शनिबार दिउँसो स्थानीय २२ वर्षीय यामबहादुर लिम्बू र २१ वर्षीय रोहन बस्नेतलाइ पक्राउ गरेको हो।

इटहरी–९स्थित बसपार्कमा ‘ग्याङ फाइट’ हुन लागेको सूचनाको आधारमा प्रहरीको टोलीले निगरानी बढाएको थियो। सोही क्रममा लिम्बूको साथबाट पेस्तोल बरामद गरिएको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरीक्षक सञ्जय राउतले जानकारी दिए।

पक्राउ परेका दुवैलाई हातहतियार तथा खरखजना ऐन अन्तर्गत कानुनी कारबाही गरिने राउतले बताए।

Views: 156

प्रतिक्रिया (०)

सम्बन्धित खबर