काँकरभिट्टा ।

काँकरभिट्टा खनेपानी उपभोक्ता तथा सरसफाइ समितिको अध्यक्षमा लोकतान्त्रिक गठबन्धनक हर्क फ्याक निर्वचित भएका छन् ।

बाम गठबन्धनका अध्यक्ष ज्ञानेन्द्र घिमिरेलाई १ सय ७ मतको अन्तरले पछि पार्दै फ्याक ३ वर्षका लागि अध्यक्षमा निर्वाचित भएका हुन् । फ्याकले १ हजार ३ सय ५५ र घिमिरेले १ हजार २ सय ४८ मत प्राप्त गरेका थिए । यसैगरी अर्का अध्यक्षका उम्मेद्वार संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च ( लिम्बूवान) का लिलानाथ आङ्देम्बेले १ सय ४५ मत प्राप्त गरेका थिए ।

शनिवार सम्पन्न निर्वाचनको मतपरिणाम आइतवार सार्वजनिक भएको थियो । सार्वजनिक मत परिणाम अनुसार लोकतान्त्रिक गठबन्धनको अध्यक्ष उपाध्यक्ष र कोषाध्यक्ष बाहेक अन्य सबै पदमा बाम गठबन्धनले जित हासिल गरेको छ । बाम गठबन्धनले सचिव, महिल सदस्य र क्षेत्रगत सदस्य पदमा जित हाँसिल गरेको छ ।

समितिको उपाध्यक्षमा लोकतान्त्रिक गठबन्धनकी शारदाकुमारी पराजुली निर्वाचित भइन् । पराजुलीले बाम गठबन्धनकी लक्ष्मी अधिकारी काफ्लेलाई ३० मतको झिनो अन्तरले पछि पार्दै निर्वाचित भएकी हुन् । पराजुलीले १ हजर ३ सय ७१ र काफ्लेले १ हजार ३ सय ४१ मत प्राप्त गरेका थिए ।
सचिवमा बाम गठबन्धनका राजकुमार पराजुली निर्वाचित भएका छन् । पराजुलीले उनका निकटतम प्रतिस्पर्धी दिलिप सुब्बालाई २ सय १६ मतले पछि पार्दै सचिव निर्वाचित भएका थिए । पराजुलीले १ हजार ४ सय ८८ र सुब्बाले १ हजार २ सय ७२ मत प्राप्त गरेका थिए । कोषाध्यक्ष पदमा लोकतान्तित्रक गठबन्धनका दिलिप सुवेदी निर्वाचित भए । उनले प्रतिस्पर्धी बाम गठबन्धनका गोविन्द गिरीलाई २ सय ४६ मतको अन्तरले पछि पार्दै निर्वाचित भएका हुन् । सुवेदीले १ हजार ३ सय ६५ र गिरीले १ हजार १ सय २२ मत प्राप्त गरे । यसैगरी लिम्बूवानका कोषाध्यक्ष विनोदबहादुर लिम्बूले १ सय ४३ मत प्राप्त गरेका थिए ।
महिला सदस्यहरुमा बाम गठबन्धनका अनिता गुरगाई र सीता राई निर्वाचित भए । गुरागाईले सदस्यको सर्वाधिक १ हजार ४ सय ७७ मत र राइले १ हजर २ सय ५२ मत प्राप्त गरेका थिए ।
पराजित हुने सदस्यहरुमा लोकतन्त्रिक गठबन्धनका चन्द्र साही र जोस्ना राजवंशी रहेका छन् । शाहीले १ हजार २ सय १९ र राजवंशीले १ हजार १४ मत प्राप्त गरे ।क्षेत्रगत सदस्यहरुमा साविकको मेचीनगर ७, ८ र ९ बाट मिलन विक निर्वाचित भए । उनले घनश्याम ढुङ्गानालाई ४० मतको झिनो अन्तरले पछि पारे ।विकले १ हजार ३ सय १ र ढुङ्गानाले १ हजार ३ सय १ मत प्राप्त गरे ।
११, १२ र १३ बाट त्रिलोचन तिम्सिना निर्वाचित भए । उनले प्रतिस्पर्धी बमबहादुर खड्कालाई १ सय ७८ मतले पछि पारे । तिम्सिनाले १ हजार ३ सय ६९ र खड्काले १ हजार १ सय ९१ मत प्राप्त गरे ।
मेचीनगर १० बाट तिलक तामाङ निर्वाचित भएका छन् । तामाङले प्रतिस्पर्धी दिपक उप्रेती र प्रकाश गुरुङलाई पराजित गरे । तामाङले १ हजार ३ सय ६०, उप्रेतीले १ हजार १५ र गुरुङले २ सय १९ मत प्राप्त गरे ।

