Aamsanchar

झापामा प्रभावकारी बन्दै बालबिकास

Author Image
बुधवार, फागुन ९, २०७४

[सुरेन्द्र भण्डारी]
बिर्तामोड।

तीनदेखि पाँच बर्ष उमेर समूहका वालवालिकालाई लक्षित गरी सञ्चालनमा ल्याइएका प्रारम्भिक बालबिकास केन्द्र झापामा प्रभावकारी बन्दै गएका छन् ।
बालबालिकाका लागि बिद्यालय शिक्षाको आधार तयार गर्नेगरी सञ्चालनमा ल्याइएका बालबिकास केन्द्रले बालबालिकासहित शैक्षिक गुणस्तर सुधार तथा अभिभावकमा समेत सकारात्मक प्रभाव पारेको छ ।

गर्भावस्थादेखि पाँच वर्षसम्मको अवस्थालाई प्रारम्भिक बालबिकासका रुपमा परिभाषित गरिएको छ ।प्रारम्भिक उमेर समूहका बालबालिकाको पहुँचवृद्धि गर्न विद्यालयमा एक वर्षे पूर्व प्राथमिक कार्यक्रम सञ्चालन गर्ने र पछाडि पारिएका जनजाति, महिला, मधेशी, लोपोन्मुख जाति एवम् दलित अव्यवस्थित क्षेत्र पहिचान गरी समुदायमा आधारित प्रारम्भिक बालबिकास केन्द्रलाई एकीकृत कार्यक्रमसँग समायोजन गरेर कार्यान्वयन गर्न विशेष व्यवस्था गर्ने सरकारको लक्ष्य अनुरुप अहिले देशभर बालविकास केन्द्र सञ्चालित छन् ।

नेपालमा कूल जनसंख्या मध्ये करिव १२ प्रतिशत पाँच वर्षमुनिका बालबालिका रहेको सरकारी आँकडा छ । हाल समुदायमा आधारित तथा विद्यालयमा आधारित गरी मुलुकभर २४ हजार सात सय ७३ बालबिकास केन्द्र सञ्चालित छन् । जसमध्ये विद्यालयमा आधारित पूर्वप्राथमिक कक्षा ११ हजार आठ सय ९० र बाँकी समुदायमा आधारित भई सञ्चालित छन् ।

यता झापामा पुराना छ सय ८६ र नयाँ १९ गरी जम्मा सात सय ५ वटा बालबिकास केन्द्र सञ्चालनमा छन् भने संस्थागतमा भने तीनसय ३२ वटा प्राथमिक बालबिकास केन्द्र सञ्चालनमा छन् । ती बालबिकास केन्द्र मध्ये कतिपय समुदायमा आधारित छन् भने कतिपय बिद्यालयमा आधारित छन् ।
शैक्षिक गुणस्तर सुधार तथा अभिभावकमा समेत सकारात्मक प्रभाव पारेको वालविकास केन्द्र मध्ये झापाको बिर्तामोड नगरपालिका–२ चारपानेको बरगाछी टोलमा सञ्चालित नव जागरण बालबिकास केन्द्र अहिले सबैको रोजाइमा परेको छ । यो बालबिकास केन्द्र समुदायमा आधारित छ । २०५५ साल माघ २० गते सहारा नेपालले सञ्चालनमा ल्याएको नव जागरण बालबिकास केन्द्र समुदायलाई हस्तान्तरण गरेपछि अहिले सबैको रोजाइमा परेको हो ।

बालबिकास केन्द्रमा अध्ययनरत् विद्यार्थीलाई १० वर्षअघिबाट काठमाडौंमा रहेको होस्टे हैँसे संस्थाले उच्च शिक्षासम्म निःशुल्क अध्ययन अध्यापन गराउन थालेपछि सो बालबिकास केन्द्र सबैको रोजाइमा परेको हो । दुई वर्षसम्म बालबिकास केन्द्रमा अध्ययन गरेका उत्कृष्ठ १० विद्यार्थीलाई प्रत्येक वर्ष सो संस्थाले निःशुल्क पढाउँदै आएको छ । संस्थाले बालबिकास सञ्चालनका लागि दुई जना शिक्षक तारा संग्रौला र सुशीला प्रसाईंलाई मासिक तलव तथा सवै बिद्यार्थीलाई खाजाका लागि केही रकम समेत प्रदान गर्ने गरेको बालबिकासका अध्यक्ष माधव सिटौलाले बताए ।

उनले भने– बिद्यार्थीलाई खाजादेखि शिक्षकलाई तलवसम्म यो संस्थाले प्रदान गर्ने गरेको छ, यहाँबाट उत्पादित १० बिद्यार्थीलाई प्रत्येक वर्ष निजी विद्यालयमा पढाउने जिम्मा समेत लिएको छ । हाल नवजागरण बालबिकास केन्द्रमा ५२ जना विद्यार्थी अध्ययनरत् छन् । बिद्यालयमा सहयोगी शिक्षकको रुपमा निर्मला खड्का कार्यरत रहेको अध्यक्ष सिटौलाले बताए ।

बरगाछी टोलमा रहेका बिपन्न समुदायका बालबालिकालाई लक्षित गरी सञ्चालनमा ल्याइएको सो बालबिकास केन्द्रमा अहिले त्यस क्षेत्रका अधिकांश अभिभावकले आफ्ना बालबालिका अध्ययनका लागि पठाउने गरेका छन् । बालबिकासको सिकाइ पूरा गरेपछि उत्कृष्ट विद्यार्थीलाई चानरपानेमा सञ्चालित वाल कल्याण आवासीय माविमा निःशुल्क पढाउने व्यवस्था संस्थाले गरेको छ । त्यस्तै अन्य तीन जना बिद्यार्थी समेत नव जागरण बालबिकास केन्द्र सञ्चालन समितिको सिफारिसमा निःशुल्क पढ्न सक्ने भएपछि बालबिकास केन्द्र पढाउन त्यस क्षेत्रका अभिभावकमा होड नै चल्ने गरेको छ ।
हाल होस्टे हैँसँ संस्थाले ७० जना र नवजागरण बालबिकास केन्द्र सञ्चालन समतिको सिफारिसमा १३ जना बिद्यार्थी बाल कल्याण आवासीय माविमा निःशुल्क अध्ययन गरिरहेको अध्यक्ष सिटौलाले जानकारी दिए ।

बालबिकास केन्द्र सञ्चालन गर्दा मयादेवी सिटौला अध्यक्ष थिइन् । सोही समयमा दाता जगन्नाथ काफ्ले र अध्यक्ष सिटौलाले निःशुल्क १०÷१० धुर जग्गा प्रदान गरेका थिए । काफ्लेले जग्गासंगै बालबिकास केन्द्रको एक कोठे भवन समेत निर्माण गरिदिएको बताइएको छ ।

समुदायमा आधारित बालबिकास केन्द्रले सवै अभिभावकको मन जितेपछि बालबिकास केन्द्रको संरक्षण र सम्वद्र्धनमा वडा कार्यालयले सक्दो सहयोग गर्ने वडाअध्यक्ष नगेन्द्र संग्रौलाले बताएका छन् । उनले बिद्यालयको पहुँच वाहिर रहेका सबै बालबालिकालाई बिद्यालयसम्म ल्याउन बालबिकास केन्द्रले ठूलो सहयोग पु¥याएको भन्दै आगामी दिनमा वडाको तर्फबाट साहयोग रहिरहने बताए । उनीमात्र होइन चारपाने गाविसका पूर्व अध्यक्ष प्रेमप्रकाश सिटौलाले गरिवीका रेखामुनि रहेका समुदायका बालबालिका मात्र होइन नवजागरणले त्यस क्षेत्रका सवैको मन जित्न सफल भएकाले वाल विकास केन्द्रको स्तरोन्नति गर्नु पर्ने सुझाव दिएका छन् ।

बालबिकास केन्द्रमै स्वाथ्य जा“च

समुदायमा उत्कृष्ट कहलिएको बालबिकास केन्द्रमा अध्ययनरत बालबालिकाको निःशुल्क स्वास्थ्य जाँच गरिएको छ ।

मेरिगोल्ड डेन्टल सेन्टर चारपाने र सामुदायिक तथा विद्यार्थी स्वास्थ्य सरोकार केन्द्रले बिद्यार्थीको स्वास्थ्य जाँच गरेको बाल विकास केन्द्र सञ्चालन समिति सचिव वृहस्पति निरौलाले जानकारी दिए । शिविरमा ७५ जनाको दन्त परीक्षण गरिएको थियो भने ५० जनाको रक्त समूह छुट्याइएको बताइएको छ ।

बालबिकास केन्द्रलाई भवन आवश्यक

हरेक वर्ष बालबिकास केन्द्रमा अध्ययन गर्ने विद्यार्थीको संख्या बढ्दै गएपछि नवजागरणलाई बालबिकास केन्द्रलाई भवन आवश्यक परेको बताउँछन्– संस्थाका अध्यक्ष सिटौला ।

उनी भन्छन्– बालबिकास केन्द्र सञ्चालन गर्दा थोरै विद्यार्थी थिए मागेरै भवन बनायौं, अहिले विद्यार्थीको संख्या बढ्दो अवस्थामा छ हामीलाई भवन अभाव भयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 165

प्रतिक्रिया (०)

सम्बन्धित खबर